बेनीमा १० औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
म्याग्दीको बेनीमा १० औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सोमबारदेखि बेनीको खुल्ला मञ्चमा प्रतियोगिता सुरु भएको हो ।
आहा–रारा गोल्डकप : थ्रीस्टार सेमिफाइनलमा
पोखरा रङ्गशालामा आइतबार भएको खेलमा थ्रीस्टारले मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
दोस्रो सशस्त्र प्रहरी महानिरीक्षक कप : पुलिस र एपिएफ विजयी
दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता अन्तर्गत आइतबार दुई खेल सम्पन्न भएका छन्। नेपाल एपिएफ स्कुल कीर्तिपुरमा भएका दुवै खेलमा आयोजिक नेपाल एपिएफ स्कुल, कीर्तिपुर र पुलिस स्कुल, साँगा विजयी भएका छन्।
अत्तरिया अर्जुन ट्रफीको फाइनलमा
सिवाइसी अत्तरिया धनगढीमा जारी अर्जुन ट्रफीको फाइनलमा प्रवेश गरेको छ । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा अत्तरियाले डिसिए धनगढीलाई ६ विकेटले हरायो ।
ताप्लेजुङमा राष्ट्रपति रनिङ शिल्ड सुरु
जिल्ला खेलकुद विकास समितिका अनुसार प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, सितोरियो कराँते, तेक्वान्दो र उसुजस्ता विधा समावेस छन् ।
रूपन्देहीको सैनामैनामा राष्ट्रियस्तरको फुटबल हुँदै
रूपन्देहीको सैनामैना नगरपालिका–४ स्थित मुर्गियामा प्रथम सुनगाभा सैनामैना गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ ।
चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा रङ्गशालामा मैत्रीपूर्ण फुटबल
नेपाल र चीनको युवान प्रान्तको युवा टोलीबिच दशरथ रङ्गशालामा फागुन ३ गते मैत्रीपूर्ण फुटबल हुने भएको छ ।
नरैनापुर अध्यक्ष कप तथा रनिङ शिल्डको उपाधि महेन्द्र माविलाई
बाँकेको नरैनापुर गाउँपालिकाको आयोजनामा भएको छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय मटेहिया प्रथम भएको छ ।
गोरखापत्रकर्मी राईलाई बुढासुब्वा गोल्डकप पत्रकारिता पुरस्कार
गोरखापत्रको धरान समाचारदाता रुपमा कार्यरत रहेकी पत्रकार निशा राईलाई २५ औं बुढासुब्वा गोल्डकपको पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।
महिला फुटबल प्रतियोगिताको उपाधि खेजेनिमलाई
श्री वसन्तपञ्चमी मेलाको अवसरमा सञ्चालन भएको वडास्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिताको उपाधि खेजेनिम र आयोजकले जितेका छन् । प्रतियोगिता श्री प्रगतिशील युवा क्लब मेरिङ्देन ४ लिङतेपको आयोजनामा सम्पन्न भएको हो ।
पुलिस क्लबलाई भलिबल उपाधि
पाल्पामा भएको रामपुर महोत्सव कप क्लबस्तरीय भलिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
प्रदेश खेलकुद विकाससम्बन्धी विधेयक प्रदेशसभाबाट स्वीकृत
बागमती प्रदेशसभाबाट प्रदेश खेलकुद विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक स्विकृत भएको छ ।
राईलाई ‘माउन्टेन ट्रेल रेस’ उपाधि
पाँचौँ लिस्तिकोट दुगुनागढी ‘माउण्टेन ट्रेल रेस’को २०८१ को उपाधि त्रिभूवन आर्मी क्लबका कास राईले जित्नुभएको छ ।
एनआरटीद्वारा बुढासुब्बा गोल्डकपमा ह्याट्रिक
धरान रङ्गशालामा शनिबार भएको फाइनलमा साविक विजेता एनआरटीले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले हराउँदै उपाधिमा ह्याट्रिक गरेको हो ।
आहा–रारा गोल्डकप : नेपाल पुलिस सेमिफाइनलमा
पोखरा रङ्गशालाम शनिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा पुलिसले पाहुना टोली ब्रिगेड ब्वाइज क्लब, युकेलाई २–० गोलले हरायो । पुलिसको जितमा विवेक पाण्डे र रामचन्द्र वाजीले गोल गर्नुभयो ।
अन्तर्राष्ट्रिय थ्री बाई थ्री बास्केटबलमा ३२ टोली
नेपाल बास्केटबल सङ्घ र थ्री बाई थ्रीको आयोजनामा सोमबारदेखि काठमाडौँमा अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिप हुने भएको छ ।
आहारारा गोल्डकपमा नर्थ युनाइटेड भारत विजयी
आहारारा पोखरा गोल्ड कपमा पाहुना टोली थुन्डेरबोल नर्थ युनाइटेड भारतले संकटा क्लबलाई ३–१ गोलले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको छ ।
खेलाडीको सम्झनामा फुटबल प्रतियोगिता
काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा रहेको मानेश्वरी ब्वाइज क्लबले आफ्ना दिवंगत पूर्वअध्यक्ष तथा खेलाडीको सम्झनामा खुला फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ।
महिला टी–२० शृङ्खलामा नेपालको लगातार छैटौं हार : थाइल्याण्डले उचाल्यो उपाधि
अन्तिम खेलमा नेपाललाई सात विकेटले पराजित गरेसँगै थाइल्याण्डले उपाधि चुमेको हो। थाइल्याण्ड शृङ्खलामा खेलेका ६ खेलमध्ये पाँचमा जित तथा एकमा हार बेहोर्दै १० अङ्कका साथ शीर्ष स्थानमा रह्यो।
बुढासुब्बा गोल्डकप : फाइनलमा एनआरटि र चर्चब्वाइज भिड्दै
२५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि न्युरोड टिम (एनआरटी) र चर्चब्वाइज युनाईटेड क्लब काठमाडौंबिच भोलि शनिबार प्रतिस्पर्धा हुने भएकाे छ ।
सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुँदै
रुपन्देहीको सैनामैना नगरपालिकामा सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुने भएको छ । दुधराक्ष युवा क्लब सैनामैनाको आयोजनामा दोस्रो संस्करणको रुपमा ‘दुधराक्ष कप’ क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता गर्न लागिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सुरु
रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सुरु भएको छ । शुक्रबार रुपन्देहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुराको जानकारी दिइएको हो ।
१० औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिको निर्देशन
कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिले निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले १० औं राष्ट्रिय खेलकुद तोकिएको समयभित्रै सम्पन्न गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो ।
मेयर कपको उद्घाटनमा सेन्ट जेभियर्स र होप इन्टरनेशनलले प्रतिस्पर्धा गर्ने
मेयर कप अन्तर विद्यालय जिल्ला स्तरीय छात्र फुटबलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन नेपालगन्ज सेन्ट जेभिर्यस स्कुल र होप इन्टरनेसनल स्कुलले प्रतिस्पर्धा गर्ने भएका छन् ।