• १६ चैत २०८१, शनिबार

विकास र लाक्पालाई ब्याडमिन्टन उपाधि

blog

विजेता विकास तामाङ र लाक्पा शेर्पाको जोडी । तस्बिर : गोरखापत्र

साहारा लिम्बू 

फुङ्लिङ, चैत १२ गते । ताप्लेजुङ जिल्लास्तरीय मेयर कप खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि मेन्स डबल्स सिनियरतर्फ विकास तामाङ र लाक्पा शेर्पाको जोडीले जित्नुभएको छ ।

फाइनलमा उक्त जोडीले रबिन साउदेन र सन्जुहाङ साउदेनको जोडीलाई हरायो । उपाधिसँगै विकास र लाक्पाको जोडीलाई २० हजार र उपविजेतालाई १५ हजार रुपियाँ प्रदान गरियो । 

यस्तै, मेन्स डबल जुनियरतर्फ विकास थेबे र आशिष विष्टको जोडी प्रथम हुनुभएको छ । उहाँहरूले डेबिट गुरुङ र रविन सुनुवारको जोडीलाई पराजित गर्दै प्रथम बन्नुभएको हो । उहाँहरूले १६ हजार रुपियाँ हात पार्नुभएको छ । यस्तै दोस्रो बन्नुभएको गुरुङ र सुनुवारले १२ हजार रुपियाँमा चित्त बुझाउनुभयो । 

भेट्रान्सतर्फ गजेन्द्र थलङ र सन्तोष चोङबाङको जोडी प्रथम हुनुभएको छ । उहाँहरूले इन्द्र कुमार गुरुङ र किशोर राईको जोडीलाई पराजित गर्दै प्रथम हुनुभएको हो । प्रथम र दोस्रो बन्नुभएको उहाँहरूले क्रमश १६ हजार र १२ हजार रुपियाँ प्राप्त गर्नुभएको छ । 

कर्मचारी तथा जनप्रतिनिधितर्फ सोजीत श्रेष्ठ र लक्षुमण घतानीको जोडी प्रथम हुनुभएको छ । उहाँहरूले नरेश महर्जन र युगमणि सबेहाङलाई पराजित गर्दै प्रथम हुनुभएको हो । प्रथम हुनुहुने श्रेष्ठ र घतानीको जोडीले १६ हजार रुपियाँ प्राप्त गर्नु भएको छ भने दोस्रो हुनुहुने महर्जन र सबेहाङको जोडीले १२ हजार रुपियाँ प्राप्त गर्नुभएको छ । 

मेन्स सिङ्गलतर्फ मिलिन गुरुङ प्रथम हुनुभएको छ । उहाँले बसन्त कुमार गुरुङलाई पराजित गर्दै प्रथम हुनुभएको हो । उहाँले १२ हजार रुपियाँ प्राप्त गर्नुभएको छ । यस्तै दोस्रो बन्नुभएको गुरुङले ८ हजार पाँच सय रुपियाँ प्राप्त गर्नुभएको छ । 

ओमेन्स सिङ्गलतर्फ भावना देवी केदेम प्रथम हुनुभएको छ । उहाँले सरुना गुरुङलाई पराजित गर्दै प्रथम हुनुभएको हो । प्रथम हुनुहुने केदेमले १२ हजार रुपियाँ प्राप्त गर्नुभएको छ  । दोस्रो हुनुहुने गुरुङले आठ हजार पाँच सय रुपियाँ प्राप्त गर्नुभएको छ । 

साथै १५ वर्ष मुनिका पुरुषतर्फ रुद्रबहादुर प्रथम र करण लिम्बू दोस्रो तथा महिलातर्फ रोस्नी लिम्बू प्रथम, निरिसा लिम्बू दोस्रो हुनुभएको छ । दुवै विधामा पहिलो र दोस्रोलाई ब्याडमिन्टन र्‍याकेट सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।

चैत ९ गतेबाट फुङलिङ नगरपालिकाको समन्वयमा जिल्ला ब्याडमिन्टन सङ्घ ताप्लेजुङले सुरु गरेको प्रतियोगिता आज सम्पन्न गरेको हो ।