शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत २२ गते । म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा लिभरपुललाई ४–० गोलले हराउँदै सिटी लगातार आठौँ पटक सेमिफाइनलमा पुगेको हो ।
सिटीको जितमा एर्लिङ हालान्डले ह्याट्रिक गर्नुभयो । अर्को गोल एन्टोइन सेमेन्योले गर्नुभयो । हालान्डले ३९, पहिलो हाफलको अतिरिक्त समय र ५७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्नुभएको हो ।
सेमेन्योले ५०औँ मिनेटमा गोल गर्नुभएको थियो । खेलभर सिटीको दबाब झेलेको लिभरपुलका मोहम्मद सलाहले पेनाल्टी समेत मिस गर्नुभएको थियो । एजेन्सी