• १८ चैत २०८१, सोमबार

महिला एसियन कप : नेपाल समूह ‘एफ’ मा

blog

नेपाली महिला फुटबल टोली । फाइल तस्बिर

काठमाडौँ, चैत १४ गते । नेपाल एएफसी महिला एसियन कप–२०२६ छनोटको समूह  ‘एफ’ मा परेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘एफ’ मा परेको हो ।

नेपाल रहेको यस समूहमा बलियोउज्वेकिस्तान, लाओस र श्रीलङ्कका रहेको छ । यस समूहको छनोट खेल उज्वेकिस्तानमा आगामी जुन २३ देखि जुलाई ५ तारिखसम्म हुने छ ।

छनोट चरणमा ३४ टोली प्रतिस्पर्धा गर्ने छन् । सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । दुई समूहमा पाँच र ६ समूहमा चार टोली छन् । प्रत्येक समूहका विजेताले एसिया कपमा स्थान बनाउने छन् ।

यस्तै समूह ‘ए’ मा इरान, जोर्डन, लेबनान, सिङ्गापुर र भुटान रहेको छ । समूह ‘बी’ मा थाइल्यान्ड, भारत, मङ्गोलिया, टिमोर लिस्टे र इराक छ । समूह ‘सी’ मा बहराइन, म्यानमार, बङ्गलादेश, तुर्किमेनिस्तान परेको छ । समूह ‘डी’ मा चाइनिज ताइपेइ, इन्डोनेसिया, किर्गिस्तान र पाकिस्तान रहेको छ । 

यस्तै समूह ‘ई’ मा भियतनाम, गुआम, युएई र माल्दिभ्स छ । समूह ‘जी’ मा फिलिपिन्स, हङकङ, कम्बोडिया, साउदी अरेबिया तथा समूह ‘एच’ मा मलेसिया, प्यालेस्टाइन, उत्तर कोरिया र ताजकिस्तान रहेको छ ।