• ९ पुस २०८२, बुधबार

पोखरामा खुला तथा भेट्रान्स टेनिस हुने

blog

२२ औँ संस्करणको माछापुच्छ्रे पोखरा खुला तथा भेट्रान्स टेनिस प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्बिरः माधवप्रसाद बराल

माधवप्रसाद बराल

माछापुच्छ्रे (कास्की), पुस ९ गते । २२ औँ माछापुच्छ्रे पोखरा खुला तथा भेट्रान्स टेनिस प्रतियोगिता आगामी पुस ११ गतेदेखि पोखरामा हुने भएको छ । 

पुस १५ गतेसम्म सञ्चालन हुने प्रतियोगतामा पुरुष तथा महिला सिंगल्स र डबल्स तथा ३५ वर्ष, ४५, ५५ र ६५ वर्षमाथि गरी १२ विधामा प्रतिष्पर्धा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।  

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा हुने प्रतियोगतामा भारत, भुटान, हङकङका खेलाडी पनि सहभागी हुने प्रतियोगताका डाइरेक्टर नवीन चालिसेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा स्वदेशी र विदेशी गरी १ सय ६० खेलाडी सहभागी हुनेछन् । तीन देशका गरी विदेशी खेलाडी १२ जना सहभागी हुनेछन् ।

कास्कीमा टेनिस खेलको विकास, खेलाडी उत्पादन तथा खेल संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको संघका सचिव भीष्मराज पौडेलले जानकारी दिनुभयो । विभिन्न विधाका विजेता तथा उपविजेताले नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । 

पुरस्कार राशी समूहअनुसार फरक–फरक रहने संघका अध्यक्ष राजकुमार गुरुङले बताउनुभयो । खुल्लातर्फ पुरुष र महिला सिंगल्स र डबल्सका विजेताले ८० हजार र उपविजेताले ४० हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा माछापुच्छे« बैंकले ५ लाख सहयोग गरेको आयोजकको भनाइ छ ।