• ९ पुस २०८२, बुधबार

प्रधानमन्त्री कार्की र संगीत प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको शिष्टाचार भेट

blog

प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारी।

काठमाडौँ, पुस ९ गते ।  प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरुले आज शिष्टाचार भेट गर्नुभएको छ।

कुलपति निशा शर्मा, उपकुलपति शम्भु राईलगायतको टोलीले प्रधानमन्त्री कार्कीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेट गरेको हो।

टोलीले विशिष्ट अवस्थामा गठन भएको यस सरकारले आफ्नो कार्यादेश सफलतापूर्वक सम्पन्न गर्न सकोस् भनी शुभकामना पनि व्यक्त गरेको थियो। 

प्रधानमन्त्री कार्की प्रतिष्ठानका पदेन संरक्षक पनि हुनुहुन्छ।

यस अवसरमा कुलपति शर्माले प्रतिष्ठानको अवस्था र कार्ययोजनाका बारेमा जानकारी गराउनुभएको थियो। 

देशभरको गीत, संगीत तथा नाट्य विधामा अध्ययन अनुसन्धान गरी संरक्षणका काम गर्नुपर्ने भए पनि राज्यको प्राथमिकतामा नपरेको गुनासो उहाँले गर्नुभयो।

प्रतिष्ठान अहिले प्रिफ्याबको अस्थायी टहरामा रहेकाले भवन निर्माणका लागि आवश्यक स्रोतसाधनको खोजीमा रहेको उहाँले जानकारी गराउनुभयो। 

नेपाल प्रज्ञा प्रतिष्ठानलाई अझै विशिष्टीकृत गरी २०६४ सालमा तीनवटा प्रतिष्ठान गठन गरिएको थियो। त्यसैमध्येको एउटा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान हो।

प्रधानमन्त्री कार्कीले सम्बन्धित मन्त्रालय तथा अन्य निकायसँग परामर्श गरी यसबारे आवश्यक पहल गर्ने बताउनुभयो।