गुरिल्ला म्याराथनमा जुम्लाकी कल्पना पहिलो
जनयुद्ध दिवसको अवसरमा रुकुमपश्चिमको सानीभेरी गाउँपालिकामा आयोजित मौराखारा गुरिल्ला म्याराथनको सातौँ संस्करणको दौड सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक कप : ब्राइट होराइन र सैनिक आवासीय विद्यालय सेमिफाइनलमा
दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगितामा ब्राइट होराइन चिल्ड्रेन होम, मातातीर्थ र सैनिक आवासीय महाविद्यालय, सल्लाघारी सेमिफाइनलमा प्रवेश गरेका छन्।
त्रिवि मैदानमा फ्लर्डलाइट र प्यारापिट बनाउन बोलपत्र स्वीकृत
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदन्डअनुसारको फ्लर्डलाइट जडान गर्न र प्यारापिट निर्माण गर्न आह्वान गरिएको बोलपत्र स्वीकृत भएको छ ।
‘फोर नेसन्स कप’ का लागि महिला टोलीको घोषणा
घरेलु मैदान दशरथ रङ्गशालामा फागुन ४ देखि १५ गतेसम्म हुने ‘फोर नेसन्स कप’अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय महिला टोलीको घोषणा भएको छ ।
टाइम्सलाई थ्री बाई थ्री बास्केटबल उपाधि
अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि टाइम्स ‘ए’ ले जितेको छ ।
कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण
कोशी टप्पु बन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । कोशी प्रिमियर लिग सञ्चालक समितिको आयोजनामा फागुन ३ गतेबाट सुरु हुने लिगको ट्रफी अनावरण कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई प्रमुख अथित्यतामा गरिएको हो ।
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका खेलाडी सहभागी हुने
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका १ सय ५० खेलाडी सहभागी हुने भएका छन् ।
राष्ट्रपति रनिङ शिल्डमा २५ स्वर्णसहित मैवाखोला प्रथम
ताप्लेजुङको मैवाखोला गाउँपालिका जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम भएको छ ।
मन्थली नगरपालिकालाई राष्ट्रपति रनिङ शिल्ड उपाधि
१२औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मन्थली नगरपालिकाले जितेको छ ।
पुलिस आहा–रारा गोल्डकपको फाइनलमा
पोखरा रङ्गशालामा बुधबार भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनल खेलमा पुलिसले ‘ए’ डिभिजन लिग च्याम्पियन टोली चर्च ब्वाइज क्लबलाई १–० गोलले हरायो ।
सशस्त्र प्रहरी महानिरीक्षक कप : एपीएफ स्कुल कीर्तिपुर क्वार्टरफाइनलमा
दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ।
च्याम्पियन्स लिगको पहिलो लेगमा सिटीलाई रियलको धक्का
युइएफए च्याम्पियन्स लिगअन्तर्गत प्ले अफको पहिलो लेगमा इङ्लिस क्लब म्यानचेस्टर सिटीलाई स्पेनिस महारथि रियल म्याड्रिडको धक्का लागेको छ ।
‘फोर नेसन्स कप’ खेल्न नेपाल आउनुभयो एन्जिला
फागुन ४ देखि १५ गतेसम्म घरेलु मैदान दशरथ रङ्गशालामा हुने ‘फोर नेसन्स कप’ खेल्न राष्ट्रिय महिला टोलीकी कप्तान एवं गोलकिपर एन्जिला तुम्बापो सुब्बा नेपाल आउनुभएको छ ।
थ्री बाई थ्री बास्केटबलको सेमिफाइनल समीकरण पूरा
नेपाल बास्केटबल सङ्घ र थ्री बाई थ्रीको आयोजनामा जारी अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ ।
बङ्गलादेशी क्रिकेटरलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको प्रतिबन्ध
बङ्गलादेशकी अन्तर्राष्ट्रिय खेलाडी सोहेली अख्तरलाई आइसिसीको भ्रष्टाचार विरोधी संहिताको पाँचवटा उल्लङ्घन गरेको स्वीकार गरेपछि पाँच वर्षका लागि सबै प्रकारका क्रिकेटबाट प्रतिबन्धित गरिएको खेलको नियामक निकायले जनाएको छ ।
बागमती गोल्डकप आगामी शनिबारदेखि
बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुनेभएको छ ।
रघुगंगा गाउँपालिका ११ स्वर्णसहित पहिलो
बेनीमा मङ्गलबार सम्पन्न प्रतियोगितामा रघुगंगा गाउँपालिकाले ११ स्वर्णपदक सहित जिल्ला स्तरीय रनिङ शिल्ड चुमेको हो ।
रोमाञ्चक खेलमा ग्रीनपीस, धम्बोझी र युनाइटेड विजयी
कोहलपुरको ग्रीनपिस मावि मेयर कप अन्तर विद्यालय छात्र फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । ग्रीनपीसले पेनाल्टी सुटआउटमा आदर्श मावि राँझालाई ५–४ गोलले हराउँदै जित हासिल गरेको हो ।
‘फोर नेसन्स कप’ को तयारी अन्तिम चरणमा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा फागुन ४ देखि १५ गतेसम्म घरेलु मैदान दशरथ रङ्गशालामा हुने ‘फोर नेसन्स कप’ को तयारी अन्तिम चरणमा पुगेको छ । एन्फाले मङ्गलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी बारे जानकारी दिएको हो ।
ब्ल्याक बुल्स आहा–राराको सेमिफाइनलमा
पोखरामा जारी २४औँ संस्करणको आहा–रारा पोखरा गोल्ड कपमा उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ ।
रमेश र टेकबहादुर जोडीलाई भेट्रान कपको उपाधि
नेपालगन्ज उपमहानगरपालिका वडा –१ स्थित धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रमा आयोजित प्रथम आन्तरिक भेट्रान ब्याडमिन्टन प्रतियोगिताको उपाधि रमेश श्रेष्ठ र टेकबहादुर गुरुङको जोडीले जित्न सफल भएको छ ।
आर्मीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा
चर्च ब्वाइज क्लब पोखरामा जारी २४औँ आहा–रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले राष्ट्रिय अधिवेशन गर्ने
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ केन्द्रीय निर्वाचन निर्देशन समितिका संयोजक मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा बसेको बैठकले सङ्घको केन्द्रीय अधिवेशन आगामी चैत १८ गते देखि २० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।
अत्तरियालाई अर्जुन ट्रफीको उपाधि
फाप्ला मैदानमा मङ्गलबार सम्पन्न फाइनल खेलमा अत्तरियाले फ्रेन्ड्स युथ क्लब डडेल्धुरालाई ३४ रनले पराजित गरेको हो । उपाधिसँगै अत्तरियाले १० लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता डडेल्धुराले पाँच लाख रुपियाा पुरस्कार पायो ।