काठमाडौँ, चैत १३ गते । एएफसी एसिएन कप छनोट–२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपाल मलेसियासँग पराजित भएको छ ।
मलेसियाको ब्राहिम सुल्तान स्टेडियममा मङ्गलबार राति भएको खेलमा नेपाल मलेसियासँग २–० गोलले पराजित भएको हो । मलेसियाले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको थियो ।
मलेसियाको जितमा हेक्टर हेभेलले २९औँ र लाभेरे कोर्विन ओङले ७१औँ मिनेटमा गोल गर्नुभएको हो । नेपालले मध्यभागमा औसत प्रदर्शन गरेपनि गोल फर्काउन सकेन ।
समूह ‘एफ’ अन्तर्गत नेपालले एसियन कप छनोटको तेस्रो चरणमा मलेसिया, भियतनाम र लाओससँग होम एन्ड अवेका आधारमा खेल्नेछ । समूहको शीर्षस्थानमा रहेने टोलीले एसियन कप खेल्नेछ ।