काठमाडौँ, पुस ९ गते । यो वर्षको तमू ल्होसार तीन दिनसम्म मनाइने भएको छ । पुस १३, १४ र १५ गते तीन दिन विविध सांस्कृतिक प्रस्तुतिका साथ तमू ल्होसार मनाउने आयोजकले जनाएको छ ।
तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् तमू ल्होसार मूल आयोजक समिति–२०८२ काठमाडौँका मुख्य–सचिव रामबहादुर गुरुङका अनुसार नयाँ वर्षको रुपमा तमू ल्होसार मनाउन लागिएको हो ।
गुरुङ समुदायको माृतभाषा ‘ल्हो’ भनेको आदिम कालमा कुनै वैज्ञानिक पद्दतिको विकास नहुँदाको समयमा पुर्खाले वर्ष गन्ने पद्दति विकास गरेका थिए । ‘ल्हो कोर’ चक्रमा रहेको जीव एकबाट अर्कोमा सर्ने समयलाई ल्होसारको रुपमा मान्ने प्रचलन छ ।
उहाँका अनुसार यस वर्ष ‘तमू ल्होसार तमू जातिको लागि अस्तित्व जर्गेना र मौलिक पहिचान ‘पुस्तान्तरणसहितको समुन्नत सांस्कृतिक सभ्याताको विकास हाम्रो अभियान’ भन्ने मूल नाराका साथ गुरुङ समुदायले ‘सप्री ल्हो’ (सर्प वर्ग) को बिदाइ तथा ‘त ल्हो’ (घोडा वर्ग) को स्वागत गर्दै सरकार प्रमुखको आतिथ्यतामा आपसी शुभकामना साटासाट गरी मनाइँदै छ ।
उहाँले पुस १३, १४ र १५ गते काठमाडौँको टुँडीखेलमा खेलकुद कार्यक्रम, खुला लोक दोहोरी गीत प्रतियोगिता, अन्तर सङ्घ÷संस्था सांस्कृतिक नृत्य प्रतियोगिता, झाँकी ¥याली र औपचारिक समारोहसहित तमू ल्होसार सम्पन्न हुने जानकारी दिनुभयो ।