• ९ पुस २०८२, बुधबार

नागरिक लगानी कोषले पाँच प्रतिशत बोनस सेयर दिने

blog

काठमाडौं, पुस ९ गते । नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा पुस ३० गते आयोजना हुने भएको छ । साधारणसभा कोषको आफ्नै भवन परिसरमा सञ्चालन हुने जनाइएको छ ।

साधारणसभामा कोषको आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँटसम्बन्धी हिसाब विवरण पारित गर्ने एजेन्डा रहेको छ । उक्त विवरणअनुसार पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव सभामा प्रस्तुत गरिने छ । कोषले बुधबार जारी गरेको प्रेस नोटमा सो कुरा उल्लेख छ । 

त्यसैगरी, साधारणसभाले सञ्चालक समितिमा सेयरधनीको तर्फबाट एकजना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिकासमेत रहेको नागरिक लगानी कोषले जनाएको छ ।

कोषले साधारण सभामार्फत वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा आगामी कार्यदिशासम्बन्धी विषयमा छलफल गरी आवश्यक निर्णय लिने जनाएको छ ।