• ९ पुस २०८२, बुधबार

तमु ल्होसारमा फुटबल प्रतियोगिताको आयोजना

blog

तमु ल्होसारमा सञ्चालन हुने फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिँदै। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस ९ गते। गुरुङ समुदायको मौलिक पर्व तमु ल्होसारको अवसरमा ताप्लेजुङमा क्लबस्तरीय खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ। सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–६ मा यही पुस ११ देखि १५ गतेसम्म प्रतियोगिता हुने भएको हो।

तमु ल्होसार मूल आयोजक समिति र ताप्लेजुङ स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा दोस्रो स्वर्गीय पदमबहादुर गुरुङ स्मृति कप फुटबल प्रतियोगिता हुने भएको हो। आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो। प्रतियोगितामा सहभागी हुने टोली अर्थात क्लबबारे र खेल तालिका सार्वजनिक गरिएको छ।

खेल तालिकाअनुसार उद्घाटन खेल आयोजक र साथीभाइ स्पोसर्टिङ क्लबबिच हुने छ। यस्तै पहिलो दिनमै गोर्खाली स्पोर्टिङ क्लब र कर्णसिंह सोनाम फुटबल क्लबबिच खेल हुने भएको छ। दोस्रो दिन पुस १२ गते मनमाया स्पोर्टिङ क्लब थुकिमा र मिनि स्पोर्टिङ क्लब फुरुम्बुबिच खेल हुने छ। सोही दिन कञ्चनजङ्घा फुटबल क्लब र तमु स्पोर्टिङ क्लबबिच खेल हुने छ। 

प्रतियोगितामा तेस्रो दिन पुस १३ गते नेपाल प्रहरी क्लब ताप्लेजुङ र पाथीभरा युथ क्लब फावाखोला तथा नवप्रयास स्पोर्टिङ क्लब र केलाङ स्पोर्टिङ क्लबबिच खेल हुने छ। पुस १४ गते तमु ह्युल छोँज धिँ, आयोजक ‘बि’ र सेमिफाइनल चरणका खेलहरु हुने आयोजक ताप्लेजुङ स्पोर्टिङ क्लबका अध्यक्ष मणिराज गुरुङले जानकारी दिनुभयो। अध्यक्ष गुरुङका अनुसार प्रतियोगिताको फाइनल तमु ल्होसारको मुख्य दिन पुस १५ गते हुने छ।

यता प्रतियोगिताको विजेताले एक लाख १५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने छ। उपविजेताले ५५ हजार रुपियाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ। विजेता र उपविजेताले प्राप्त गर्ने नगद पुरस्कारको रकम स्वर्गीय पदमबहादुर गुरुङका दाजु तिलबहादुर गुरुङ, छोरा फुराज गुरुङसहित उहाँकै परिवारले उपलब्ध गराउनुहुने पनि आयोजकले जनाएको छ। 


यता तमु ल्होसारमा सदरमुकाम फुङ्लिङ बजारमा साँस्कृतिक ¥यालीसँगै गुरुङ गुम्बा परिसरमा शुभकामना आदानप्रदान सहितका औपचारिक कार्यक्रम हुने तमु ल्होसार मूल आयोजक समितिले जनाएको छ। ल्होसारको दिन साँझ लोक दोहोरीसहित साँस्कृतिक कार्यक्रमहरु पनि हुने साँस्कृतिक समिति संयोजक सूर्य गुरुङले जानकारी दिनुभयो।

पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश), फुङ्लिङ नगरपालिका–६ का वडाध्यक्ष तेज गुरुङलगायत ल्होसार आयोजक समिति तथा ताप्लेजुङ स्पोर्टिङ क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो। मौलिक संस्कृतिको संरक्षण तथा  प्रवर् द्र्धनसँगै सिङ्गो जिल्लाको पर्यटन प्रवद्र्धन गर्नमा टेवा पु¥याउने उद्देश्यले खेलकुद सहितका कार्यक्रम आयोजना गरिएको स्थानीय अगुवा देवराज गुरुङले बताउनुभयो।