काठमाडौँ, चैत १४ गते । एएफसी एसियन कप छनोट–२०२७ अन्तर्गतअन्तिम चरणको छनोट खेलमा मलेसियासँग खेलर नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बिहीबार स्वदेश फर्किएको छ ।
मङ्गलबार भएको खेलमा नेपाल मलेसियासँग २–० गोलले पराजित भएको हो । मलेसियासँग रक्षात्मक प्रदर्शन गरे पनि नेपालले गोल फर्काउन सकेको थिएन ।
मलेसियासँग खेल्नुअघि नेपालले सिङ्गापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो । नेपालले उक्त खेलमा सिङ्गापुरलाई उसैको मैदानमा १–० गोलले हराएको थियो । नेपालले सिङ्गापुरलाई ३६ वर्षपछि हराएको हो ।
समूह ‘एफ’ अन्तर्गत नेपालले एसियन कप छनोटको तेस्रो चरणमा मलेसिया, भियतनाम र लाओससँग होम एन्ड अवेका आधारमा खेल्नेछ । समूहको शीर्षस्थानमा रहेने टोलीले एसियन कप खेल्ने छ ।