काठमाडौँ, चैत १४ गते । शहिद स्मारक ‘बी’ डिभिजन लिगको उपाधि दावेदार टोली मध्यपुर युथ एसोसिएसनलाई प्लानिङ ब्वाइज क्लबको धक्का लागेको छ ।
एन्फा मैदान सातदोबाटोमा बिहीबार भएको खेलमा प्लानिङ ब्वाइजले मध्यपुरलाई २–० गोलले हरायो । प्लानिङको जितमा विशाल दर्जीले ३०औँ र फागुराम थारूले ७७औँ मिनेटमा गोल गर्नुभयो ।
यस्तै बिहीबार नै भएको अर्को खेलमा वीरगन्ज युनाइटेड क्लब र श्रीभगवती क्लबले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । खेलमा सुरुवाती अग्रता श्रीभगवतीले लिएको थियो ।
३१औँ मिनेटम विक्रान्तनरसिंह रानाले गोल गर्दै श्रीभगवतीलाई अगाडि बढाउनुभयो । तर इन्जुरी समयमा कृपाकान्त चौधरीले गोल गर्दै वीरगन्जलाई हारबाट जोगाउनुभयो ।