• १८ चैत २०८१, सोमबार

नेपालले जित्यो यु–१९ सिरिज

blog

नेपालका खेलाडी ।

काठमाडौँ, चैत १४ गते । भारतको दिल्ली यु–१९ विरुद्ध तीन खेलको अभ्यास सिरिज नेपालले एक खेल अगाडि जितेको छ ।

वीरगन्जको नारायणी क्रिकेट मैदानमा जारी सिरिजको दोस्रो खेलमा बिहीबार नेपाल एक सय दुई रनले विजयी भयो । यसअघि मङ्गलाबार भएको पहिलो खेलमा नेपालले दिल्लीलाई पाँच विकेटले हराएको थियो ।

यससँगै सिरिजमा नेपालले २–० को अग्रता लिएको छ । सिरिजको अन्तिम खेल शनिबार हुने छ । जितका लागि नेपालले दिएको एक सय ९३ रनको लक्ष्य पछ्याएको दिल्लीले ३०.४ ओभरमा सबै विकेटको क्षतिमा ९० रन मात्र बनाउन सकेको थियो ।