सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुँदै
रुपन्देहीको सैनामैना नगरपालिकामा सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुने भएको छ । दुधराक्ष युवा क्लब सैनामैनाको आयोजनामा दोस्रो संस्करणको रुपमा ‘दुधराक्ष कप’ क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता गर्न लागिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सुरु
रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सुरु भएको छ । शुक्रबार रुपन्देहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुराको जानकारी दिइएको हो ।
१० औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिको निर्देशन
कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिले निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले १० औं राष्ट्रिय खेलकुद तोकिएको समयभित्रै सम्पन्न गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो ।
मेयर कपको उद्घाटनमा सेन्ट जेभियर्स र होप इन्टरनेशनलले प्रतिस्पर्धा गर्ने
मेयर कप अन्तर विद्यालय जिल्ला स्तरीय छात्र फुटबलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन नेपालगन्ज सेन्ट जेभिर्यस स्कुल र होप इन्टरनेसनल स्कुलले प्रतिस्पर्धा गर्ने भएका छन् ।
सशस्त्र प्रहरीको जागिर छाड्दै सरस्वती अस्ट्रेलियातर्फ
नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी चर्चित खेलाडी सुस्वती चौधरी सशस्त्र प्रहरी बल (एपिएफ) को जागिर छाडेर अस्ट्रेलिया जानुभएको छ ।
रोमाञ्चक खेलमा थाइल्यान्डलाई हराउँदै नेदरल्यान्ड्स उपाधि होडमा
थाइल्यान्डमाथि एक विकेटको रोमाञ्चक जित निकाल्दै नेदरल्यान्ड्सले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजमा उपाधि सम्भावना कायम राखेको छ ।
सडन डेथमा एनआरटीलाई हराउँदै चर्च ब्वाइज क्वार्टरफाइनलमा
पोखरा रङ्गशालामा बिहीबार भएको रोमाञ्चक खेलमा चर्च ब्वाइजले एनआरटीलाई सडन डेथमा ६–५ गोलले हरायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकर र सडन डेथमा पुगेर सकिएको थियो ।
त्रिभुवन विश्वविद्यालय टिम च्याम्पियन
दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय टिम च्याम्पियन बन्न सफल भएको छ । पोखरामा बिहीबार सम्पन्न प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय १३ स्वर्ण पदकसहित टिम च्याम्पियन बनेको हो ।
एनओसी निर्वाचनमा सहभागी खेल सङ्घलाई राखेपको चेतावनी
राखेपको निर्देशनलाई वेबास्ता गर्ने सङ्घहरूलाई खेलकुद ऐन अनुसार निलम्बन र सङ्घको तदर्थसमित गठन गर्नेसम्मको कारबाहीको चेतावनी दिएको छ ।
बुढासुब्बा गोल्डकप : साविक विजेता एनआरटी फाइनलमा
साविक विजेता न्यूरोड टिम (एनआरटी) धरानमा जारी २५औँ बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
दोस्रो अध्यक्ष कप खेलकुद हुने
तनहुँको म्याग्दे गाउँपालिकामा दोस्रो अध्यक्ष कप खेलकुद हुने भएको छ ।
चौथो यले दोङ बास्केटबल प्रतियोगिता माघ २८ मा
किराँतहरुको नयाँ वर्ष यले दोङ ५०८५ (यलम्वर संवत) को अवसरमा यही माघ २८ गते चौथो यलेदोङ ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।
प्रदेशस्तरीय चेस प्रतियोगिता
विराट चेस क्लबको आयोजनामा आगामी फागुन ३ देखि ७ गतेसम्म यहाँ कोशी प्रदेशस्तरीय चेस प्रतियोगिता हुने भएको छ ।
भुटानलाई हराउँदै चर्च ब्वाइज फाइनलमा
चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ धरानमा जारी २५औं बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
एपिएफलाई हराउँदै मच्छिन्द्र क्वार्टरफाइनलमा
विभागीय टोली एपिएफ क्लबलाई हराउँदै मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी २४औँ आहा–रारा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
सबै पक्ष मिलेर सामाधन खोज्न एनओसीलाई आइओसी र ओसिएको निर्देशन
नेपाल ओलम्पिक कमिटि (एनओसी) को हालै सम्पन्न निर्वाचनप्रति अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले चासो ब्यक्त गरेको छ ।
टेनिसलाई हालेपको बाइ बाइ
रोमानियाकी पूर्व विश्व नम्बर एक टेनिस खेलाडी सिमोना हालेपले खेलबाट सन्न्यास लिनुभएको छ ।
नेपालको लगातार पाँचौँ हार
नेपालले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजमा लगातार पाँचौँ हार खेपेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटल पराजित भयो ।
विश्वकपमा सहभागी महिला क्रिकेट खेलाडी सम्मानित
पुतली बजार नगरपालिकाले आइसिसी यू–१९ विश्वकपमा सहभागी महिला क्रिकेट खेलाडीहरू सम्मान गरेको छ ।
विश्वविद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण
सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभूवन विश्वविद्यालय (टीयू) की विना थारूले दोश्राे विश्वविद्यालय खेलकुद महोत्सव अन्तर्गत एथलेटिक्सको एक सय मिटर दौडमा बुधबार स्वर्ण जित्नुभएको छ ।
घोराहीमा जिल्लास्तरीय खुल्ला तेक्वान्दो च्याम्पियनसिप हुने
दाङको घोराहीमा ‘चौथो अल्फा जिल्लास्तरीय खुल्ला तेक्वान्दो च्याम्पियनसिप–२०८१ हुने भएको छ ।
पूजाको अर्धशतकमा नेपालले नेदरल्यान्डसलाई दियो १४६ रनको चुनौती
त्रिकोणात्मक टि-२० शृङ्खलाअन्तर्गत पाँचौं खेलमा नेपालले नेदरल्यान्डसलाई १४६ रनको चुनौती दिएको छ।
सुपर वउलको फाइनल आइतबार
अमेरिकाको सबैभन्दा प्रतिष्ठित र सर्वाधिक चर्चित अमेरिकी फुटबल भनेर चिनिने सुपल बउलको फाइनल खेल आगामी आइतबार हुने भएको छ ।
आहा–रारा गोल्डकप : पुलिसको विजयी सुरुवात
विभागीय टोली नेपाल पुलिस क्लबले २४औं आहा–रारा पोखरा गोल्डकपमा विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा मङ्गलबार भएको उद्घाटन खेलमा पुलिसले आयोजक सहारा क्लबलाई १–० गोलले हरायो ।