काठमाडौँ, चैत ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले सिङ्गापुरविरूद्ध ऐतिहासिक जित हासिल गरेकोमा नेपाली फुटबलका राष्ट्रिय खेलाडीलाई बधाई ज्ञापन गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीेले आज सामाजिक सञ्जालमा फुटबल खेलाडीको तस्बिर राख्दै सिङ्गापुरविरूद्धको खेलमा नेपालले विजय हासिल गरेकामा बधाई ज्ञापन गर्नुभएको हो । “बधाई नेपाली खेलाडिहरु, नेपालले सिङ्गापुरविरूद्ध ऐतिहासिक जित हात पारेको छ”, उहाँले लेख्नुभएको छ ।
साँझ सिङ्गापुरको राष्ट्रिय रङ्गशालामा भएको अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले सिङ्गापुरलाई १–० गोलले पराजति गरेको थियो ।