शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ १६ गते । नेपाल र चीनको युनान युथ महिला टोलीबिच हुन लागेको यु–२० अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा भएको छ ।
दशरथ रङ्गशालामा शनिबार दिउँसो ३:०० बजे सुरु हुने खेलका लागि दुवै टोली तयार रहेको खेलअघि शुक्रबार आयोजित प्रिम्याच कन्फ्रेन्समा जानकारी दिईयो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा), चीनको युनान विश्वविद्यालयको शारीरिक शिक्षा संकाय तथा नेपाल ओभरसिज चिनिया सङ्घको संयुक्त आयोजनामा नेपाल र चीनको युवा टोलीबिच मैत्रीपूर्ण फुटबल हुन लागेको हो ।
नयाँ वर्षको अवसर पारेर आयोजना गर्न लागिएको यस खेलले नेपाली यु–२० महिला टोलीको तयारी तथा अन्तर्राष्ट्रिय अनुभव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।