• १३ चैत २०८१, बुधबार

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष खेलाडी महिलाको मनोनयन सार्वजनिक

blog

मनोनयनमा पर्न सफल महिला खेलाडी ।

काठमाडौँ, चैत ११ गते ।छैटौँ एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड–२०८१’ वर्ष खेलाडी महिला विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक खेलकुद पत्रकार मञ्च कैलालीले सोमबार महिला विधाको मनोनयन सार्वजनिक गरेको हो । 

छनोट समितिका संयोजक सीताराम ओझाकाअनुसार खोखोकी मानमती धामी, कबड्डीकी मानमती विष्ट र बक्सिङकी स्वस्तिका तिरुवा वर्ष खेलाडी महिलाको मनोनयनमा पर्नुभएको छ । खोखोकी धामी प्रथम विश्वकपको महिलातर्फ नेपाललाई उपविजेता बनाउने खेलाडी हुनुहुन्छ । 

यस्तै बक्सिङकी तिरुवा बहराइनमा भएको आइएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा नेपाललाई स्वर्ण पदक जिताउने खेलाडी हुनुहुन्छ । कबड्डीकी विष्ट नेपाललाई एसियन महिला कबड्डी च्याम्पियनसिपमा पहिलोपटक कांस्य पदक जिताउने कप्तान हुनुहुन्छ । 

चैत १९ गते हुने कार्यक्रममा आठ विधामा अवार्ड प्रदान गरिनेमा यसअघि नै सुदूरपश्चिम आइकन पुरुष र महिला तथा वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक भइसकेको छ ।