• १८ चैत २०८१, सोमबार

फुटबल टोली मलेसियामा

blog

सिङ्गापुरलाई हराएपछि नेपाली टोली ।

काठमाडौँ, चैत ९ गते । एएफसी एसिएन कप–२०२७ छनोट खेल खेल्न नेपाली फुटबल टोली शनिबार मलेसिाय पुगेको छ ।

नेपालले छनोट खेलको तयारीका लागि शुक्रबार साँझ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेको थियो । नेपालले सिङ्गापुरलाई उसैको मैदानमा १–० गोलले हरायो । नेपाली टोली सिङ्गापुरबाटै मलेसिया गएको हो । 

सिङ्गापुरसँग ३६ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेलेको नेपालले सिङ्गापुरलाई पहिलो पटक हराएको हो । नेपालको जितमा जेलेस्पीजङ्ग कार्कीले निर्णायक गोल गर्नुभएको थियो । 

सिङ्गापुरलाई हराएपछि नेपाली खेलाडीमा उच्च मनोबल रहेको छ । नेपालले नेपाल मलेसियामाथि जितको लयलाई निरन्तरता दिने तयारीमा छ । नेपालले मलेसियासँग मार्च २५ तारिख प्रतिस्पर्धा गर्नेछ ।

नेपालले एसियन कप छनोटको तेस्रो चरणमा मलेसिया, भियतनाम र लाओससँग होम एन्ड अवेका आधारमा खेल्नेछ । समूहको शीर्षस्थानमा रहेने टोलीले एसियन कप खेल्नेछ ।