शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस १० गते । प्लानिङ ब्वाइज युनाइटेडले एन्फा यु–१६ युथ लिगमा श्री भगवती क्लबमाथि सहज जित निकालेको छ ।
एन्फा मैदान सातदोवाटोमा बिहीबार भएको खेलमा प्लानिङले श्री भगवतीलाई ४–१ गोलले हरायो । प्लानिङको जितमा ओम खड्काले दुई तथा प्रशान्त तामाङ र प्रकाश बुढाथोकीले एक एक गोल गर्नुभयो ।
श्री भगवतीका लागि अनिल गुरुङले खेलको अन्तिममा सान्त्वना गोल फर्काउनुभयो । लिगमा प्लानिङको यो चौथो जित हो ।
जितसँगै प्लानिङले २५ खेलबाट १४ अङ्क बनाएको छ । पराजित श्री भगवतीको समान खेलबाट ३० अङ्क छ ।