काठमाडाैँ, असार १ गते । सर्वाधिक उचाईमा म्युजिक भिडियो निर्माण गरि गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाएका विश्व किर्तिमानी राजेन्द्र लुइटेल भारतको प्रतिष्ठित संस्था युनीभर्सल बुक अफ वर्ल्ड रेकर्डबाट सम्मानित हुनुभएकाे छ ।
गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाए वापत राष्ट्रपतिबाट सम्मानित समेत भएका लुइटेल हालसम्म २ दर्जन बढी अन्तराष्ट्रिय सङ्घ संस्थाबाट सम्मानित भएका छन् ।
उहाँ राष्ट्रिय स्तरमा समेत सयौं प्रतिष्ठित सङ्घ संस्थाबाट अवार्डेड एवं सम्मानित भएका छन् । नेपालमा भएको एक समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, अर्थ समितिका सभापति एवं प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे, वाणिज्य तथा आपूर्ति समिति सभापति एवं प्रतिनिधि सभा सदस्य अव्दुल खान, संस्थाकी प्रमुख एवं द अब्रेल्स टाइम्सकी चिफ इडिटर डा.शिखा नरुला, भारतका वरिष्ठ पत्रकार मनिष सिंहको हातबाट लुइटेललाई सो प्रमाण पत्रका साथ सम्मान प्रदान गरिएको थियो ।
यसैगरी, झण्डै दुई दशकदेखि विभिन्न सञ्चारमाध्यममा रहि नेपाल भारत दौत्य सम्बन्ध विस्तार र विकासमा योगदान पुर्याउनुभएका लुइटेललाई दादासाहेव फाल्के अवार्डबाट सम्मानित गरिएको हाे ।