शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस १४ गते । नेपाली टेनिस खेलाडी अभिलाषा विष्ट डब्लुटिए डब्लू ३५ को मुख्य ‘ड्र’ मा प्रवेश गर्नु भएको छ ।
छनोट चरणको महिला सिङ्गल्समा अभिलाषाले अमेरिकाकी प्रिसा भ्यासलाई ६–१, ६–२ को सोझो सेटमा सहजै पराजित गर्दै मुख्य ‘ड्र’ मा प्रवेश गरेको नेपाल टेनिस सङ्घका सचिव अजय विष्टले जानकारी दिनु भयो ।
केन्याको नयरोबिमा डिसेम्बर २८ देखि सुरू भएको प्रतियोगिता जनवरी ३ तारिखसम्म चल्ने छ । प्रतियोगिताको कुल पुरस्कार राशी २५ हजार अमेरिकी डलर रहेको छ ।