माधबप्रसाद बराल
कास्की, चैत २६ गते । दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मङ्गलबार गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमी विजयी भएको छ ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा भएको समूह ‘बी’ को पहिलो खेलमा हिमालयन क्रिकेट एकेडेमीले ग्रेट हिमालयन क्रिकेट एकेडेमीलाई दुई विकेटले हरायो ।
एक सय ६३ रनको विजयी लक्ष्य पाएको हिमालयन क्रिकेट एकेडमीले १९.२ ओभरमा आठ विकेट गुमाउँदै एक सय ६७ रन बनाउँदै जित हासिल गरेको हो ।
हिमालयनका सोनु देवकोटाले ३६ रन बनाउनुभयो । यस्तै ओपनर दीपक बोहोरा ‘बी’ ले ३३, दिपक चन्दले २७, खडक बोहोरा १९, प्रकाश जैसी १४ र प्रतिश जिसीले १० रन बनाउनुभयो । बलिङमा ग्रेट हिमालयका लागि सन्दीप पराजुली, किरण बुढायर र इशान पाण्डेले समान दुई दुई तथा चन्द्रकान्त पौडेल र रूपेश कुमार श्रीवास्तवले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले व्याटिङ थालेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले २० ओभरमा नौ विकेट गुमाउदै एक सय ६२ रन बनाएको थियो । ग्रेट हिमालयका लागि अभिषेक थापाले अविजित ४२ रन बनाउनुभयो ।
अशोक पौडेलले ३७, उत्तम रंघु थापामगरले १७, कृष कार्कीले १६, ओपनर इशान पाण्डेले १४ र दिपक केवतले १३ रन बनाउनुभयो । बलिङमा हिमालय क्रिकेट एकेडेमीका प्रतिश जिसि, प्रकाश जैशी, दिपक बोहोरा र सुवास खत्रीले समान दुई दुई विकेट लिनुभयो । दिपक चन्दले एक विकेट लिनुभयो । हिमालयनका दिपक चन्द प्लेयर अफ दी म्याच घोषित हुनुभयो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताको दोस्रो खेलमा गण्डकी हिरोजले चितवन क्रिकेट क्लबमाथि चार विकेटको जित निकालेको छ । जितका लागि एक सय ३६ रनको लक्ष्य पाएको गण्डकी हिरोजले १३.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
गण्डकीका लागि ओपनर सक्वि हुकले ४२ रन बनाउनुभयो । अर्जुन कुमालले ३७ र दिपक डुम्रेले १८ रन बनाउनुभयो । बलिङमा चितवनका दिपेश श्रेष्ठले सर्वाधिक तीन विकेट लिनुभयो । किरण गुरुङ, कमल परियार र प्रतिक श्रेष्ठले समान एक एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ थालेको चितवन क्रिकेट क्लबले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ३५ रन बनाएको थियो । चितवनका लागि प्रतिक श्रेष्ठले ३९ रन बनाउनुभयो । यस्तै सूर्यान्सु कोइरालाले १७, ओपनर आसुतोस घिरैया र विवेश रानामगरले समान १६/१६ तथा गोविन्द विक र गौतम केसीले समान १२/१२ रन बनाउनुभयो ।
बलिङमा गण्डकी हिरोजका सुदीप अर्यालले दुई तथा विपिन खत्री, कृष्ण पोडेल, नारायण जोशी, मिलन बोहोराले समान एक एक विकेट लिए । प्लेयर अफ दी म्याच गण्डकी हिरोजका सक्वि हुक घोषित हुनुभयो ।