• २५ चैत २०८१, सोमबार

फुटबलर रेनुकालाई ‘कवि क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार’

blog

सम्मानित भएपछि रेनुका नगरकोटे ।

काठमाडौँ, चैत २५ गते । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर रेनुका नगरकोटेलाई ‘कवि क्षेत्रप्रताप अधिकारी युवा प्रोत्साहन पुरस्कार’ प्रदान गरिएको छ । 

गुरुकुल एजुकेसनल फाउन्डेसन नेपालले सोमबार एनसीएम डे को अवसरमा रेनुकालाई सम्मान पत्रसहित ५० हजार रुपियाँबाट सम्मान गरेको हो । 

रेनुकालाई पोएट आइडलका जज विप्लप प्रतीक, गुरुकुल एजुकेसन फाउन्डेसनका अध्यक्ष विनोद दवाडी, एनसीएमका प्रिन्सिपल सुशीलभक्त माथेमा, एनसिएमका बोर्ड मेम्बर अमन प्रताप अधिकारीले संयुक्त रूपमा रेनुकालाई सम्मान गर्नुभयो । 

यस्तै‘कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार–२०८१’ बाट कवि सिजन श्रेष्ठ सम्मानित हुनुभएको छ । सम्मान ५० हजार रुपियाँ र सम्मान पत्र रहेको छ ।