• ३ पुस २०८२, बिहिबार

पुँजी परिचालन र नीतिगत सहजीकरण : प्रत्यक्ष प्रसारण

blog

‘पुँजी परिचालन र नीतिगत सहजीकरण’ शीर्षकमा बहसमा सहभागी प्यानलिस्ट र सहजकर्ता ।

काठमाडौँ, पुस ३ गते । गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१ औं वार्षिकोत्सवको अवसरमा गोरखापत्र संस्थानले ‘गोरखापत्र डिसकोर्स कार्यक्रम आयोजना गरेको छ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गर्नुभएको कार्यक्रममा अहिले ‘पुँजी परिचालन र नीतिगत सहजीकरण’ शीर्षकमा बहस भइरहेको छ । 

बहसमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय, नेपाल राष्ट्र बैँकका कार्यकारी निर्देशक गुरु पौडेल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नबिल बैँकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, अर्थशास्त्री डा. पारस खरेल सहभागी हुनु हुन्छ । यो बहसको सहजकर्ता मोदनाथ ढकाल हुनु हुन्छ :