• ३ पुस २०८२, बिहिबार

प्रदीप ज्ञवालीलाई सदस्यमा सर्वाधिक मत

blog

नेकपा (एमाले) का नेता प्रदीपकुमार ज्ञवाली ।

गोरखापत्र अनलाइन

काठमाडौं, पुस ३ गते । नेकपा (एमाले) को ११ औं महाधिवेशनमा उपाध्यक्ष पदलाई तिलाञ्जली दिएर केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिनुभएका नेता प्रदीपकुमार ज्ञवाली खुला सदस्यतर्फ सर्वाधिक बढी मत ल्याएर निर्वाचित हुनुभएको छ । 

नेता ज्ञवालीले १९४२ मत ल्याएर सदस्यतर्फ रेकर्ड कायम गर्नुभयो । प्रतिशतमा यो ८७.२० मत हो । कुल खसेको मत २२२७ मध्ये उहाँलाई २८५ मतदाताले मात्र मत नदिएका हुन् । 

केन्द्रीय सदस्यमा रामकुमारी झाँक्रीले पनि राम्रो मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँले १९११ मत ल्याउनुभयो । सोहीअनुसार जेन्जी युवाहरुमा अस्मिता थापा १८५९ मत ल्याएर निर्वाचित हुनुभयो । त्यस्तै अर्का जेन्जी युवा एलिसा गौतमले १८१२ मत ल्याएर निर्वाचित हुनुभयो । 

काठमाडौं उपमहानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पनि केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ । उहाँले १६६८ मत ल्याएर निर्वाचित हुनुभयो । पूर्व सभामुख सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङले १७२१ मत ल्याएर निर्वाचित हुनुभयो ।