• २५ चैत २०८२, बुधबार

कालिकोटको सुनार खोलामा एम्बुलेन्स दुर्घटना हुँदा चार घाइते

blog

प्रेमराज सिम्खडा

कालीकोट, चैत २५ गते । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा २ को सुनारखोलामा एम्बुलेन्स दुर्घटना हुँदा चार जना घाइते भएका छन्  । 

जुम्लाको हिमा गाउँपालिका द्वारा सञ्चालित एक्वुलेन्स दुर्घटना हुँदा चार जना गम्भिर घाइते भएका हुन् । बिरामी लिएर नेपालगञ्ज जाँदै गरेको एम्बुलेन्स दुर्घनामा परेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरिक्षक गणेश ज्ञवालीले दुर्घटनामा परि चार जना घाइते भएको र घाइतेमध्ये दुई जनाको निधन भएको अपुष्ट खबर प्राप्त भएको र बाँकी विवरण बुझ्दै गरेको बताउनुभयो ।  

घाइते दुई जनाको निधन भएको अपुष्ट खबर प्राप्त भएको छ। सबै घाइतेहरू जिल्ला अस्पताल कालिकोटमा पुर्‍याइएकाले त्यहाँ रहेको प्रहरी युनिटसँग सम्पर्क भइरहेको र थप पुष्टि गर्न बाँकी रहेको प्रहरी निरीक्षक ज्ञवालीको भनाइ छ।

दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी छ। अविरल वर्षा, सडकको खराब अवस्था वा चालकको नियन्त्रण गुम्नु दुर्घटनाको सम्भावित कारणका रूपमा अनुमान गरिएको छ।

यस घटनाबारे आधिकारिक पुष्टि हुन बाँकी रहेकाले मृतकको संख्या र पहिचान खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय कालिकोटले थप विवरण सङ्कलन गरिरहेको जनाएको छ। दुर्घटनाग्रस्त एम्बुलेन्स हिमा गाउँपालिकाको बुझिएको छ।