काठमाडौँ, पुस ३ गते। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा सङ्कट समाधान नभए विष्फोटको अवस्था आउने बताउनु भएको छ।
गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र ऐकेडेमीको संयोजनमा आयोजित ‘गोरखापत्र डिस्कोर्स’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री भण्डारीले यस्तो बताउनु भएको हो।पछिल्लो समय श्रम बेचेर धान चामल किनेर खानु पर्ने अवस्था आएको भन्दै उहाँले यस्तो बताउनु भएको हो। परिस्थिति अनुकुल र परिस्थिति अवस्थालाई मिहिन ढङ्गले हेर्नु आवश्यक रहेको उहाँको भनाइ छ।
‘हामी श्रम बेचेर धान चामल किनेर खान्छौँ। समाजमा परिस्थिति अनुकुल र प्रतिकुल अवस्था आउँछन्’, मन्त्री भण्डारीले भन्नुभयो, ‘समयमा सङ्कट समाधान भएन भने विष्फोटको अवस्था आउँछ। हरेक वर्ष आठ लाख जनशक्ति विदेश पुग्छन्। यो हाम्रो समस्या हो ।’
अहिले ६ हजार शव व्यवस्थापनलाई उपलब्धिका रूपमा लिइएको देखिएको भन्दै उहाँले यसले लाज छोप्न नसक्ने बताउनु भयो। मन्त्री भण्डारीले युवा र व्यवसायीलाई पुस फ्याक्टरले काम गरेको भन्दै यसमा राज्य जिम्मेवार ढङ्गले अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो।