शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र अनलाइन
काठमाडौँ, पुस ३ गते । नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित हुनु भएको छ । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वी सुब्बा गुरुङ निर्वाचित हुनु भएको छ । उहाँले १७३७ मत प्राप्त गर्नु भएको छ । प्रतिशतमा यो ७८ प्रतिशत मत हो ।
सोही अनुसार सर्वाधिक दोस्रो बढी मत अध्यक्ष केपी शर्मा ओली १६६३ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनु भएको छ । उहाँलाई ७५ प्रतिशत मत प्राप्त भएको छ । सचिवमा तेस्रो बढी मत ल्याएर महेश बस्नेत सचिव पदमा निर्वाचित हुनु भएको छ । उहाँलाई १५४४ मत प्राप्त भएको छ । प्रतिशतमा यो ६९.३३ प्रतिशत मत हो ।