• ३ पुस २०८२, बिहिबार

एमाले महाधिवेशनः उपमहासचिवमा सर्वाधिक मत भट्टलाई

blog

उपमहासचिवमा निर्वाचित नेता लेखराज भट्ट ।

गोरखापत्र अनलाइन

काठमाडौँ, पुस ३ गते । नेकपा (एमाले) को ११ औं महाधिवेशनको परिणाम अनुसार उपमहासचिवमा सर्वाधिक मत लेखराज भट्टले प्राप्त गर्नु भएको छ । उहाँले १४५२ मत प्राप्त गर्नु भएको छ । प्रतिशतमा यो ६५.१९ प्रतिशत मत हो । 

सोही अनुसार अन्य उपमहासचिवमा १३६८ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । प्रतिशतमा यो मत ६१.४२ प्रतिशत हो । त्यस्तै, योगेशकुमार भट्टराईले १३४८ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । प्रतिशतमा यो ६०.५२ प्रतिशत हो ।