सन्तोष दहित
दाङ, पुस २ गते । नेपाल पत्रकार महासंघ दाङ शाखाको ३३ औँ स्थापना दिवसको अवसरमा पत्रकारबिच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गरेको छ। आपसी सद्भाव, सहकार्य र खेलकुदमार्फत स्वास्थ्य प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको सो खेल उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।
मैत्रीपूर्ण खेलमा पत्रकारलाई दुई समूहमा विभाजन गरी खेलाइएको महासङ्घका अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो । समूह ‘ए’ र समूह ‘बी’ बिच भएको प्रतिस्पर्धात्मक खेलमा समूह ‘ए’ ले समूह ‘बी’ लाई शून्यका विरुद्ध २ गोलले पराजित गरेको छ । समूह ‘ए’ को जितमा कपिल लामिछाने र शालिक चौधरीले एक–एक गोल गर्दै महत्वटपूर्ण योगदान दिएको कार्यक्रम संयोजक प्रकाश चौधरीले जानकारी दिनुभयो ।
खेलमा पत्रकार सन्तोष सुवेदी, जेएन सागर, प्रकाश चौधरी, बसन्त परियार, सुमन केसी, हेमराज परिवर्तन, सरद अधिकारी, आरके शित्तल, लक्ष्मीमान चौधरी, शालिक चौधरी, सुशील चौधरी, दीपक वली, दीपक जिएम, लिलाधर वली, शान्तकुमार बुढा मगर, जङ्ग रेउले, माधवकुमार वली, कपिल लामिछाने, सागर सुवेदी, हिमाल विक, सन्तोष केसी र राजेश गौतम लगायत पत्रकारको सहभागिता थियो।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने रेफ्री, लाइन्सम्यान तथा खेल मैदान व्यवस्थापन टिमप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ। स्थापना दिवसको अवसरमा आयोजित यस प्रकारका खेलकुद गतिविधिले पत्रकारबिच आपसी एकता, मित्रता र सहकार्यलाई थप मजबुत बनाउने विश्वास आयोजकले लिएको छ।