• २५ चैत २०८१, सोमबार

‘कालिका कप’को उपाधी गलकोट नगरपालिकालाई

blog

फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्दै गलकोट नगरपालिका र जैमिनी नगरपालिकाको टिम । तस्बिर : अर्जुन कार्की

अर्जुन कार्की

काठेखोला (बागलुङ), चैत २५ गते । ‘कालिका कप’ पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधी गलकोट नगरपालिकाले जितेको छ । ऐतिहासिक चैत्राष्टमी मेलाको अवसरमा आयोजित गरेको प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा गलकोटले जैमिनी नगरपालिकालाई ३–१ को सेटमा जित निकाल्दै उपाधि चुमेको हो । 

फाइनल खेलको पहिलो सेट १७–२५ ले गुमाएको गलकोटले दोस्रो सेटमा पुनरागमन गर्दै २५–१८ ले जित्यो । गलकोटले तेस्रो सेट २५–१७ र चौथो सेट २५–२० ले आफ्नो पक्षमा पार्दै उपाधी चुम्यो ।

आइतबार सम्पन्न सेमिफाइनलमा गलकोट नगरपालिकाले सिद्धार्थ चश्मा घर कुश्मा नगरपालिकालाई र जैमिनी नगरपालिकाले काठेखोला गाउँपालिकालाई सोझो सेटमा पाखा लगाउँदै फाइनलमा प्रवेश गरेका थिए ।

उपाधि जितेको गलकोटले २ लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्योभने उपविजेता गलकोटले १ लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै सेमीफाइनल खेलेका काठेखोला गाउँपालिका र सिदार्थ चश्मा घर कुश्मा नगरपालिकाले समान २५ हजारको दरले प्राप्त गरेको आयोजक बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।