दाङमा खाद्यद्वारा साढे ५५ लाखको धान खरिद
दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले ५५ लाख मूल्यको धान खरिद गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले कात्तिक २१ गतेदेखि पुस मसान्तसम्म जिल्लामा किसानबाट ५५ लाख ६६ हजार चारसय ६४ रुपियाँ मूल्यको एक हजार ६ सय ३२ क्विन्टल १५ केजी धान खरिद गरेको हो ।
प्यूठानमा सवारी साधनको भाडादर निर्धारण
जिल्लाभित्रका रुटमा चल्ने सवारी साधनको भाडादर निर्धारण गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा यातायात ब्यवसायी, यातायात कार्यालयका प्रतिनिधि तथा सरोकारवालाकाबिच भएको छलफलबाट जिल्लाको सबैखाले सडक खण्डमा चल्ने सार्वजनिक सवारी साधनको भाडादर कायम गरिएको हो ।
लुम्बिनी कप महिला फुटबल : नेपाल र भारतका आठ टीम सहभागी हुने
महिला फुटबलको विकासका लागि पहिलो पटक नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ ।
सुतैयाताल
बाँके, माघ ५ गते । बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित सुतैयाताल । बाँकेको राष्ट्रिय निकुञ्जसँगै रहेको यो ताल सात हेक्टर क्षेत्रफलमा फैलिएको छ । तस्बिरः रासस
टिप्परका कारण सडक जीर्ण साना सवारीलाई सास्ती
सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिप्परका कारण जिल्लाका पहाडी क्षेत्र जोड्ने सडक जीर्ण बनेका छन् ।
लोकभजन संरक्षण गर्न प्रतियोगिता
बुटवल उपमहानगरपालिकाको आयोजना र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेश समितिको व्यवस्थापनमा लोकभजन संरक्षण गर्न लोकभजन प्रतियोगिता आयोजना गरिएको छ ।
रेसुङ्गा छैठौं राष्ट्रपति रनिङ शिल्ड सुरु
गुल्मीको रेसुङ्गा नगरपालिकामा छैठौं राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने नाराका साथ नगरपालिकाले स्थानीय तहस्तरीय अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको हो ।
स्रोत नखुलेको पन्ध्र लाख सत्तरी हजारसहित एकजना पक्राउ
कपिलबस्तु प्रहरीले स्रोत नखुलेको रकम सहित एकजना पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरी टोलीले मायादेवी गाँउपालिका वडा नं. ६ डुमरा चोकबाट स्रोत नखुलेको पन्ध्र लाख सत्तरी हजारसहित पक्राउ गरेको हो ।
उपचार लिन पालो कुर्नुपर्ने अवस्था हट्छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा महिला तथा प्रसुती शल्यक्रिया कक्षको सेवा थप गरिएको छ । प्रसुती सेवालाई विस्तार गर्दै तीनवटा शल्यक्रिया कक्ष थप गरिएको हो ।
बुटवल–गोरुसिंगे सडक निर्माण सहज बनाउन पूर्वगृहमन्त्रीको आग्रह
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले बुटवल–गोरुसिंगे सडक निर्माण प्रकृयालाई सहज बनाउनुपर्ने बताउनुभएको छ ।
मेला पर्वमा मात्र सीमित कालीगण्डकीको स्टिमर
कालीगण्डकी नदीबाट पहिले खाद्यान्न र खचाखच यात्रुहरु बोक्ने स्टिमर अहिले मेला पर्वमा मात्र सीमित हुन थालेको छ ।
कोइलाबास नाकालाई सक्रिय बनाइने
नेपाल–भारतको ऐतिहासिक सम्बन्धलाई पुनः सुदृढ गर्दै आर्थिक र सांस्कृतिक सहकार्यलाई अघि बढाउन कोइलाबास नाकालाई पुनः सक्रिय बनाउनुपर्ने आवश्यकता प्रष्ट देखिएको छ ।
लोकभजन संरक्षण गर्न भजन प्रतियोगिता
बुटवल उपमहानगरपालिकाको आयोजना र राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेश समितिको व्यवस्थापनमा लोकभजन संरक्षण गर्न गर्न लोकभजन प्रतियोगिता आयोजना गरिएको छ ।
रुपन्देहीमा तीन लाख राशीको स्नुकर प्रतियोगिता हुने
बुटवलमा सर्वाधिक राशीको स्नुकर प्रतियोगिता हुने भएको छ ।
नेपालगञ्ज-गुलरिया सडक खण्डको पेडारीमा पक्कि पुल बन्ने
नेपालगञ्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका ३ खजुरा बजारस्थित पेडारी नालामा चारलेनको पक्कि पुल निर्माण हुने भएको छ ।
२२ जना फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय प्युठानले चालु आर्थिक वर्षमा २२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
शिक्षकलाई भूकम्प जोखिम न्यूनीकरण सम्बन्धी प्रशिक्षण
कोहलपुर नगरपालिकाले भूकम्पसम्बन्धि जनचेतना बढाउने उद्धेश्यले विद्यालय विपद् व्यवस्थापन सम्पर्क शिक्षकहरुलाई भूकम्प जोखिम न्यूनीकरण सम्बन्धी तालिम प्रदान गरेको छ ।
जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालगन्ज ८ लाई
बाँकेको नरैनापुर गाँउपालिका जिल्लास्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधि नेपालगन्ज ८ ले हात पार्न सफल भएको छ ।
कुटपिटबाट मजदुरको मृत्यु
कुटपिटबाट रुपन्देहीमा एक मजदुरको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको सियारी गाउँपालिका–७, हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको हो ।
लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र
दाङ, माघ ४ गते । दाङ देउखुरीको राप्ती गाउँपालिका ३ स्थित लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र । तस्बिरः रासस
च्यामाताल
बाँके, माघ ४ गते । बर्दियाको बाँकसगढी नगरपालिका वडा नं २ राँझा टापुमा रहेको च्यामाताल । मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको झण्डै सात हेक्टर क्षेत्रफलमा रहेको उक्त ताल सिमसार क्षेत्रमा पर्छ । तस्बिरः रासस
तीन लाख बालिकालाई क्यान्सरविरुद्ध खोप
लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ ।
वन्यजन्तुमैत्री बनाइँदै गोरुसिङ्गे सडक
बुटवल–गोरुसिङ्गे सडकलाई वन्यजन्तुमैत्री बनाइने भएको छ । बुटवल–गोरुसिङ्गे कुल ५० किलोमिटर सडक विस्तारका क्रममा करिब १५ किलोमिटर जङ्गल क्षेत्र पर्ने भएकाले उक्त क्षेत्रमा वन्यजन्तु वारपार गर्न मिल्ने गरी १९ स्थानमा अन्डरपास बनाइने भएको छ ।
‘ब्रेक थ्रु’ को पर्खाइमा सिद्धबाबा सुरुङ (फोटो फिचर)
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्ध बाबा सुरुङ मार्ग केही दिनपछि ब्रेक थ्रु हुँदै छ । पाल्पाको तिनाउ–३, स्थित सिद्ध बाबा सुरुङ मार्ग छिचोल्न अब डेढ मिटर मात्र बाँकी छ । आगामी माघ ११ गते विशेष कार्यक्रम गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रेक थ्रु भएको घोषणा गर्ने कार्यक्रम रहेको छ ।