बर्दियामा एमालेको जागरण अभियान
नेकपा एमाले बर्दियाले बर्दियाको गुलरियामा जागरण अभियान सञ्चालन गरेको छ ।
सुख्खा क्षेत्रमा आकर्षक रङ्गशाला
घोराही तुलसीपुर सडकखण्ड बेलझुण्डीकै छेउमै रहेको बेलझुण्डी रङ्गशाला हरियो देखिन्छ । चैत महिनाको गर्मीयाम त्यो पनि सुख्खा क्षेत्रका रूपमा रहेको बेलझुण्डीमा रङ्गशालामा हरियो दुबो देखिन्छ । यसले यो क्षेत्रकै सुन्दरता बढाएको छ ।
मुसिकोटका नागरिकले रुपन्देहीमा निःशुल्क रगत पाउने
गुल्मीको मुसिकोटका नागरिकले रुपन्देहीका अस्पतालहरुमा उपचारको क्रममा रगत आवश्यक परे निःशुल्क पाउने भएका छन् । कुनै घटना वा दुर्घटनामा परेर रगत अभावको कारण कसैको ज्यान नजाओस भन्ने उद्देश्यले मुसिकोट नगरपालिकाले रुपन्देही रेडक्रस सोसाइटीसँग सम्झौता गरेको छ ।
नमुना विद्यालयकै नतिजा कमजोर
घोराहीमा नमुना विद्यालयको नतिजा कमजोर देखिएको छ । उपमहानगरपालिकाले सार्वजनिक गरेको कक्षा ८ को नतिजामा नगरले नमुना विद्यालय बनाएका विद्यालयकै नजिता कमजोर देखिएको हो ।
बबई बहुमुखी क्याम्पसमा सुन्दरम गुप्ता विजयी
मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतको बबई बहुमुखी क्याम्पसमा सोमबार सम्पन्न निर्वाचनमा संयुक्त प्यानलका तर्फबाट नेपाल विद्यार्थी सङ्घका सुन्दरम गुप्ता विजयी हुनुभएको छ ।
रोकियो स्वास्थ्य केन्द्रको भवन निर्माण
बजेट अभावका कारण घोराही उपमहानगरपालिका–८ स्थित मर्पाडाँडा सहरी स्वास्थ्य केन्द्रको भवन निर्माणको काम रोकिएको छ । दुई वर्षअघि निर्माण सुरु भएको सहरी स्वास्थ्य केन्द्रको भवन गत वर्षदेखि ठप्प रहेको छ ।
सिद्धबाबा सुरुङ छिचोलिएपछि धमाधम ‘लाइनिङ’
राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्गको ४६ प्रतिशत काम सम्पन्न भएको छ ।
अस्पताल निर्माण सुस्त
गुल्मी अस्पतालको भवन निर्माण कार्य दुई वर्षमा सक्नुपर्नेमा चार वर्ष हुँदासमेत सम्पन्न हुन सकेको छैन । दुई वर्षमा निर्माण कार्य सक्नुपर्ने सम्झौता भए पनि करिब चार वर्ष बित्न लाग्दा ८४ प्रतिशत मात्रै काम सम्पन्न भएको निर्माण व्यवसायीको भनाइ छ ।
विषालु सर्पको बिगबिगी
तराईमा गर्मी बढेसँगै विषालु सर्पको बिगबिगी सुरु भएको छ । सर्प उद्धारकर्ता भनेर चिनिने चेतबहादुर सारू अर्थात् सारू कान्छाले चैत सुरु भएयता दैनिक रूपमा एक/दुई वटा विषालु सर्पको उद्धार गर्दै आएको बताउनुभयो ।
प्रयोगमा आयो शीतभण्डार, धमाधम आलु भण्डारण गरिँदै
आलु भण्डारणका लागि गाउँमा शीतभण्डार अभावमा खेमराज रानाले भैरहवामा लैजाने गर्नुहुन्थ्यो । रामपुरबाट गाडीमा ढुवानी गरेर भैरहवा लैजान त्यत्ति सहज भने छैन । उत्पादित आलु बिग्रन नदिन ढुवानी खर्चेर सुरक्षितसाथ राख्न भैरहवास्थित शीतभण्डारणमा लैजाने गरेको उहाँले सुनाउनुभयो ।
नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र
नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र गरिएको छ । पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र गरिएको हो ।
बालबालिकालाई सीमा पार गर्न रोक
ज्योति पन्थी बर्दिया, चैत १९ गते । बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं.३ मा रहेको धनौराबाट नाबालकहरूलाई सीमा पार जान रोक लगाइएको छ ।पछिल्लो समय भारतबाट लागु औषध भित्रने क्रम बढ्दै जान थाले पछि र सो नाकाबाट मानव बेच बिखन समेत हुन सक्ने भएको भन्दै नाबालकहरूलाई सीमा पार जान रोक लगाइएको हो ।उक्त नाकाबाट भात तर्फ गई बालबालिका लागु औषधको दुब्र्यसनिमा फस्न सक्ने भएकाले १६ वर्ष मुनिका बालबालिकालाई एक्लै सिमापारको बजार जानबाट रोक लगाइएको मधुवन नगरपालिका वडा नं.३ का वडा अध्यक्ष नारायण मल्लले बताउनु भयो । नेपाल प्रहरीको धनौरा चेकपोस्टले आयोजना गरेको सर्वपक्षीय बैठकबाट एक्लै गएका १६ वर्ष मुनिका बालबालिका सबैलाई रोक्ने र अभिभावक सँग गए जान दिने निर्णय भएको वडा अध्यक्ष मल्लले बताउनु भयो ।ओराली बजारको धनौरा हुँदै भारतको बठनिया बजार पुगेर युवाहरू फर्किदा धेरै कुलतमा फस्दै गएको अनुमान स्थानीयले गरेको र कुलत र बेचबिखनको समस्या नहोस् भनेर सीमाबाट १६ वर्ष मुनिका बालबालिकालाई एक्लै भारत तर्फ जान नदिने गरी सर्वपक्षीय निर्णय गरी रोक लगाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक केदार खनालले बताउनु भयो ।धनौरा देखि भारतको सीमा क्षेत्रमा पर्ने बजारमा अहिले पनि दिनहुँ सयौँको सङ्ख्यामा मानिसहरू समान खरिद गर्न जाने गरेका छन् ।
वसन्तालाई बुटवल लोकताराको उपाधि
लोकसंस्कृतिको संरक्षण तथा कला क्षेत्रमा नवप्रतिभा खोजी गर्ने उद्देश्यले बुटवलमा भएको ‘प्रथम बुटवल लोकतारा’ को उपाधि वसन्ता खनालले जित्नुभएको छ ।
फोनिज पाल्पाको अध्यक्षमा राना
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) पाल्पा शाखाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । शाखाको सोमबार तानसेनमा सम्पन्न पाँचौं अधिवेशनले इमान सिं रानाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
खोलाको ढिकमा लटरम्म फलेको खुर्सानी
दाङको दङ्गीशरण –३ स्थित माया खोलाको ढिकमा किसानहरूले रोपेको खुर्सानी लटरम्म फलेको छ । दङ्गीशरण वडा नम्बर ३ हेकुलीकी सुरमानी चौधरीले माया खोलाको ढिकमा रहेको एेलानी जग्गामा लटरम्म खुर्सानी फलाउनुभएको हो ।
गुल्मी कांग्रेसको तेस्रो सम्मेलन : सभापति देउवाले सम्बोधन गर्नुहुने
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही चैत २६ र २७ गते हुने गुल्मी कांग्रेसको तेस्रो सम्मेलनलाई सम्बोधन गर्नुहुने भएको छ ।
रोजगार मेलाबाट ९३ जनाले रोजगारी पाए
नेपालगन्ज उद्योग वाणिज्य सङ्घले नेपालगन्जमा सञ्चालन गरेको बाँके रोजगार मेलामा जिल्लाका एक हजार बढी बेरोजगार युवाले रोजगारीका लागि आवेदन दिए पनि ९३ जनालाई रोजगारीको ग्यारेन्टी गरिएको उद्योग वाणिज्य संघले जनाएको छ ।
चार यात्रु लिएर रेसुङ्गाबाट फर्कियो जहाज
जहाज मर्मतका कारण साढे तीन महिनादेखि अवरुद्ध रेसुङ्गा विमानस्थलको हवाई उडान सुरु भएको छ । रेसुङ्गा विमानस्थलमा नेपाल एयरलाइन्सले नियमित उडान गर्दैआएको थियो ।
धार्मिक पर्यटकीय गन्तव्यलाई एकआपसमा जोड्न आवश्यक : मुख्यमन्त्री आचार्य
नवलपरासीको गजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणीदेखि मुक्तिनाथसम्मका लागि सोमबार धार्मिक रथयात्रा प्रस्थान गरेको छ ।
आन्तरिक पर्यटकको रोजाइमा धुमैया जलाधार क्षेत्र
बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाको टडुवास्थित धुमैया जलाधार क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।
तीन महिनापछि आएको जहाजले दुई यात्रु लिएर उड्यो
२०११ सालदेखि सञ्चालनमा रहेको टरिगाउँ विमानस्थलमा तीन महिनापछि जहाज आएको छ । नेपाल वायुसेवा निगमको जहाजले २०८१ पुस २ गते अन्तिम उडान गरेको थियो । तीन महिनापछि सोमबार बिहान ११.३० मा अवतरण गरेको जहाजले दुई यात्रु लिएर उडेको छ ।
सिमगजरीमा सडक बनेपछि स्थानीयलाई सहज
राजपुर गाउँपालिकाको विकटबस्ती सिमगजरीमा सडक पुगेको छ ।
भारतबाट अवैध भित्रिएको २२ लाख मूल्य बराबरको पशुजन्य पदार्थ बरामद
कल्पना खरेलनवलपरासी पश्चिम चैत १८ गते । नवलपरासी पश्चिमको विभिन्न सीमा नाकाबाट चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म २२ लाख बराबरको पशुजन्य पदार्थ बरामद भएको छ । चोरी निकासी गरी लैजाँदै गरेको अवस्थामा यो अवधिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र पशु क्वारेनटाइन चेक पोस्टको टोलीले उक्त बराबरको पशुजन्य पदार्थ बरामद गरेको हो ।बरामद भएका पशुजन्य पदार्थमा सबैभन्दा बढी तयारी बोइलर कुखुरा ११ लाख जतिको छ । उक्त अवधिमा विभिन्न नाकाबाट १ हजार ८४२ जिउ कुखुरा बरामद भएको पशु क्वारेनटाइन चेक पोस्टका पशु चिकित्सक मनोज अधिकारीले जानकारी दिनुभयो । त्यसै गरी उक्त अवधिमा ७ लाख ५६ हजार बराबरको ७ हजार ५६० जिउ कुखुराका चल्ला, २ लाख ६ हजार बराबरको ८२५ केजी माछा र १ लाख २० हजार बढीको ६१ केजी टर्कीको मासु बरामद भएको छ ।सोही अवधिको आठ महिनामा विभिन्न व्यक्तिहरूलाई पक्राउ गरी ३ लाख १४ हजार जरिवाना गरिएको अधिकारीले जानकारी दिनुभयो । यसैबिच गत आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लाबाट चोरी निकासी हुँदै गरेको अवस्थामा करिब ३० लाख बराबरको पशुजन्य पदार्थ बरामद भएको थियो ।बरामद हुनेमा १९ लाख बराबरको ३ हजार १७३ जिउ तयारी कुखुरा, ६ लाख बराबरको ६ हजार जिउ चल्ला, ४ लाख ५० हजार बराबरको १ हजार ७६० केजी माछा र १८ हजार बराबरको अण्डा रहेको पशु क्वारेनटाइन चेक पोस्टले जनाएको छ ।
पेसाको विकल्प खोज्दै घसियारा समुदाय
घाँस काटेर जीविकोपार्जन गर्दै आएको बाँकेको नेपालगन्ज–८ र १३ का घसियारा समुदाय, घाँस पाइन र बिक्री हुन छाडेपछि वैकल्पिक पेसा खोज्न बाध्य छन् । पुर्खाले नदीमा डुङा चलाएर जीविकोपार्जन गर्ने यो समुदायले नदीनालामा पुल पुलेसा निर्माण भएपछि उनीहरू समयको माग अनुसारको पेसा गर्न विवश भएका हुन ।