सडक आश्रित सहयोगापेक्षी बालबालिकाबाट हैरानी
सडक आश्रित सहयोगापेक्षी बालबालिकाको उचित व्यवस्थापन हुन नसक्दा यहाँका सेवाग्राही र सर्वसाधारणले विभिन्न हैरानी खेप्दै आएका छन् । जिल्ला प्रशासनलगायत सदरमुकाममा सेवा लिन आउनेले उनीहरूबाट हैरानी भोग्दै आएका छन् । बसपार्कको आसपास, समन्वय समिति गुल्मी र जिल्ला प्रशासन कार्यालयको वरपर उनीहरूले सेवाग्राहीबाट पैसा माग्ने, कसैले खाजा खाएको देखेमा माग्ने र नदिएमा जबरजस्ती खोस्ने गर्दै आएका छन् ।
ग्रेनाइट उद्योग सञ्चालन
पश्चिम नेपालको पहिलो ग्रेनाइट उद्योग बाँकेको गनापुरमा सञ्चालनमा आएको छ । जय मङ्गलम् स्टोन प्रालिले बाँकेमा सो उद्योग स्थापना गरेर पश्चिम नेपालमै पहिलो पटक ग्रेनाइट उत्पादन सुरु गरेको जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक रिसभ अग्रवालले २० करोड रुपियाँको लागतमा सञ्चालनमा आएको सो उद्योगले परीक्षण उत्पादन सुरु गरेको हो । भैरहवाबाट पश्चिमतर्फ ग्रेनाइट उद्योग नभएकाले यस उद्योगको सञ्चालनबाट बजारको माग पूरा हुने अग्रवालले बताउनुभयो ।
लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौको ४ गते विश्वासको मत लिनुहुने भएको छ । आउने भदौ ४ गते बस्ने लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २५औँ बैठकबाट मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लाग्नु भएको हो ।
भेरी अस्पतालले घटायो सेवा शुल्क
भेरी अस्पतालमा सेवाग्राहीले प्राप्त गर्दै आएको विभिन्न स्वास्थ्य सेवामा लाग्ने सेवा शुल्क समायोजन गरेर सबैको सहुलियतका लागि घटाइएको अस्पताल विकास समितिले जनाएको छ ।
प्रमाणपत्र धितो राखेर शैक्षिक ऋण
भूमे गाउँपालिकाले गाउँपालिकावासी विद्यार्थीका लागि शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर बिना व्याजमा शैक्षिक ऋण दिने व्यवस्था गरेको छ ।
९५ प्रतिशतभन्दा बढी बक्यौता विद्युत महसुल असुली
नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र अन्तर्गतको खजुरा उप वितरण केन्द्रले गत आर्थिक वर्षमा ९५ प्रतिशत भन्दा बढी बक्यौता विद्युत महसुल असुली गरेको छ ।
मापदण्डविपरीत पसल सञ्चालन
गाउँपालिकाले वडा नम्बर १ हर्मिचौरमा गरेको बजार अनुगमनका क्रममा मापदण्डविपरीत खाद्य पसल सञ्चालन गरेको पाइएको हो ।
एक लाख २० हजार डोज वीर्य उत्पादन
बाँकेको खजुरा गाउँपालिका –२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले गत आर्थिक वर्ष २०८०–८१ मा राँगा, साँढे र बोकाको गरी एक लाख २० हजार बढी डोज वीर्य उत्पादन गरेको छ ।
मह उद्योग सञ्चालनमा नआउँदै जीर्ण
जिल्लाको सन्धिखर्क नगरपालिका –७ मा रहेको मह उद्योग सञ्चालनमा नआउँदै जीर्ण भएको छ ।
तीन महिनादेखि आइसियुमा, पैसा सकिएपछि सहयोगको आग्रह
रूपन्देहीको सैनामैना नगरपालिका–१०, बेम्टेनीकी ३८ वर्षीय पूर्णकला बरौलीमगर विगत तीन महिनादेखि लुम्बिनी प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचार गराइरहनु भएको छ । घरको आर्थिक अवस्था कमजोर रहेको र तीन महिना उपचार गराउँदा सबै पैसा सकिएपछि पूर्णकलाले थप उपचारका लागि आर्थिक सहयोगका लागि आग्रह गर्नुभएको हो । पूर्णकलालाई सुरुमा प्यारालायसिस भए पनि उपचार गरेपछि निको भएको तर तीन महिनाअघि फेरि उहाँलाई पक्षाघात (प्यारालायसिस) भयो ।
बालबालिकामा कुपोषणको समस्या
दाङ जिल्लाका बलबालिकामा कडा खालको कुपोषण अझै उल्लेखनीय रूपमा कायम छ । जिल्लामा अघिल्लो वर्षको तुलनामा कुपोषणको सङ्ख्या केही कम भए पनि कडा कुपोषण भने बढेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । जिल्लाका १० स्थानीय तहमा रहेका २२ वटा कुपोषण बहिरङ्ग उपचार केन्द्रबाट सङ्कलन गरिएको तथ्याङ्कले पछिल्लो समयमा कडा कुपोषण बढेको देखिएको हो । यहाँ एक वर्षमा ६०८ जना बालबालिकामा कुपोषण देखिएको छ । जसमध्ये ४७० जना बालबालिकामा कडा खालको कुपोषण पाइएको छ भने १३८ जनामा मध्यम कुपोषण भेटिएको छ ।
सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर
सर्पले डस्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छभने एकजनाको अवस्था गम्भीर छ ।
कतै खेर जाँदै, कतै बोटबाटै बिक्री हुँदै स्याउ
रुकुमपूर्वका धेरै स्थानमा स्याउ फल्ने गरेको छ । स्याउ फल्ने ठाउँमा कतै सडक पुगेको छ भने कतै अझै सडक पुग्न सकेको छैन । त्यसोत सडक पुगेका स्थानमा बोटबाटै स्याउ बिक्री हुन्छ । तर सडक नपुगेको ठाउँको स्याउ त्यतिकै खेर गइरहेको छ ।
ट्रङ्कलाइन महसुल विवाद, छुट्टै आयोग बनाउन माग
रुपन्देहीका उद्योगीले यहाँको डेडिकेटेड र ट्रङ्कलाइनको समस्या अन्यत्रको भन्दा फरक रहेको भन्दै छानबिनका लागि छुट्टै आयोग बनाउन माग गर्नुभएको छ । ट्रङ्कलाइनको विवादमा परेका अन्य जिल्लाका उद्योगको भन्दा रुपन्देहीका उद्योगको महसुल विवाद फरक भएको उहाँहरूको दाबी छ । भैरहवा–बुटवल ओद्यौगिक कोरिडोर अन्तर्गत ट्रङ्कलाइन विवादमा परेका २१ वटा उद्योग सञ्चालकले अन्य जिल्लाको जस्तो आफूहरूको महसुल विवाद नभएको भन्दै छुट्टै नियमन आयोग बनाएर समस्या समाधान गर्न उहाँहरूले माग गर्नुभएको छ । उद्योगीले चरम लोडसेडिङ भोगिरहेको तत्कालीन अवस्थामा प्रयोग नै नगरेको विद्युत् महसुल तिर भन्नु कानुनसम्मत र न्यायोचित नभएको बताउनुभयो ।
दर्ता नभएका क्लिनिक सिल
सरुमारानी गाउँपालिका–४ बडडाँडामा दर्ताबिना सञ्चालन भएको शोभा क्लिनिक जिल्ला प्रशासन कार्यालयले प्युठानले सिल गरेको छ । फार्मेसी दर्ता गरी फार्मेसी र क्लिनिक दुवै सञ्चालन गरेको भेटेपछि अनुगमन टोलीले क्लिनिक सिल गरेको हो ।
चिकित्सकले लेखेको औषधी अब अस्पतालभित्रै पाइने
भेरी अस्पतालमा उपचार गराउन आउने बिरामीले अबदेखि चिकित्सकले लेखेको औषधी अस्पतालभित्रैको फार्मेसीबाट पाउने भएका छन्।
६२ करोडभन्दा बढी राजस्व असुली
आर्थिक वर्ष २०८०।०८१ मा करदाता सेवा कार्यालय तौलिहवाद्वारा लक्ष्यको ८६ दशमलव ५० प्रतिशत राजस्व असुली गरेको छ ।
नेपालगञ्ज-गुलरिया सडक पेडारीमा पक्की पुल बन्ने अनिश्चित
नेपालगञ्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका ३ खजुरा बजारस्थित पेडारी नालामा निर्माण गर्ने भनिएको चारलेनको कल्भर्ट निर्माणको काम अझै अनिश्चित छ ।
जीवनभर राप्ती नदीको डर
बाँकेको राप्ती सोनारी–७ फत्तेपुरको पिप्रहवा गाउँ निवासी दुर्गाप्रसाद पाण्डेको उमेर अहिले ६० वर्ष कटिसकेको छ । उहाँ जान्ने भएदेखि अहिलेसम्म राप्ती नदीको बाढी गाउँमा पसेर डुबाउने चिन्ताले छोडेको छैन ।
सुन्दरताले भरिभराउ कमलदह (फोटो फिचर)
पर्यापर्यटनको आकर्षक केन्द्रको रूपमा परिचित रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुकुमकोटमा अवस्थित कमल दहमा कमल फूल्नथालेको छ । कमलदहमा रहेको कमल फूल फूल्नथाले पछि यहाँको सुन्दरताले भरिभराउ भएको छ ।
बड्कापथ सिँचाइ आयोजना, साढे आठ किमी नहर निर्माण
दाङको गढवा गाउँपालिका–४ निवासी प्रेमलाल चौधरीले यस वर्ष पनि रोपाइँ गर्न आकासे पानी नै पर्खनु प¥यो । कुलोमा पानी नआउँदा उहाँले आकासे पानीकै भर पर्नु परेको हो । चौधरीले भन्नुभयो, “राप्तीको पानीले सिँचाइ गरौँला भनेर पर्खिएको १२ वर्ष भइसक्यो । अझै पानी चलेको छैन । वर्षामा त खेती गर्न आकासे पानी पर्खनु पर्छ । हिउँदमा हाम्रो अवस्था के होला ?”
रेसुङ्गा पोखरीमा स्नान र यज्ञशालामा दर्शन गर्नेको घुइँचो
धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गा पोखरीमा स्नान गर्ने र यज्ञशालाको दर्शन गर्नेको घुइँचो लागेको छ । साउनको चौथो सोमबार पोखरीमा स्नान गर्नुका साथै यज्ञशालामा दर्शन गर्नेको घुइँचो लागेको हो । पोखरीमा स्नान गर्नाले मनले चिताएको पूरा हुने र अन्जानमा गरेका पाप नष्ट हुने धार्मिक विश्वास रहँदै आएको छ ।
रुपन्देहीमा किसान कार्ड लागु गरिँदै
रुपन्देहीका पालिकाले किसान कार्ड लागु गर्ने भएका छन् । १६ स्थानीय तह रहेको रुपन्देहीमा यसअघि शुद्धोधन र सियारी गाउँपालिकाले किसान कार्ड लागु गरिसकेका छन् भने अब बाँकी १४ वटै पालिकाले किसान कार्ड लागु गर्ने प्रतिबद्धता जनाएका छन् । रुपन्देहीमा हरेक महिना पालिकाको घुम्ती बैठक आयोजना हुने गरेको छ । यस पटक बुटवलमा हालै भएको घुम्ती बैठकमा पालिकाबिच उक्त सहमति भएको जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले जानकारी दिनुभयो ।
विदेशी रोजगारी छाडेर स्वदेमै कृषिकर्ममा रमाएका सन्तोष जिसी
पाँच वर्षअघि विदेशबाट फर्केर कृषिमा लागेका प्युठान नगरपालिका–८ तल्लो गेजवाङका सन्तोष जिसीलाई आफ्नो गाउँ रमाइलो लाग्छ । उहाँले गाउँमा कृषिकर्म गरेर मनग्य आम्दानी समेत लिइरहनुभएको छ ।