• २६ चैत २०८१, मङ्गलबार

वन मौरीले टोक्दा पाँच जना घाइते

blog

गोकर्ण पौडेल
तुलसीपुर चैत, २५ गते ।
तुलसीपुर उपमहानगरपालिका–३ डाँडाकुट्टीमा आइतबार साँझ वन मौरीको टोकाइबाट पाँच जना घाइते भएका हुन् । आइतबार साँझ ६ बजेतिर बाटो हिँड्ने क्रममा मौरीले टोक्दा घाइते भएको प्रहरीले जनाएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था मध्यम रहेको र थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । 

घाइते हुनेमा ३५ वर्षीया मनकुमारी केसी, उहाँका १० वर्षीय छोरा यमलाल केसी, ४० वर्षीय बसन्त बुढाथोकी, उहाँकी श्रीमती ४० वर्षीया शिवा बुढाथोकी र दुई वर्षीय छोरा ऋषिराज बुढाथोकी रहनुभएको छ ।