सन्तोष दहित
दाङ, चैत २५ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लुम्बिनी प्रदेशको अध्यक्षमा प्रेमबहादुर राम्जामगर निर्विरोध निर्वाचित हुनुभएको छ । आइतबार दाङको राप्ती गाउँपालिकाको सभा हलमा सम्पन्न तेस्रो प्रादेशिक महाधिवेशनबाट रम्जा निर्विरोध निर्वाचित हुनुभएको हो ।
यस्तै, उपाध्यक्षमा जेबी दर्लामी (अर्घाखाँची), महिला उपाध्यक्षमा बन्दना घर्ती (रोल्पा), महासचिवमा सनु थापामगर (रुपन्देही) निर्वाचित हुनुभएको छ ।
यस्तै, सचिवमा सुजल श्रेष्ठ (प्युठान), कोषाध्यक्षमा भगतराम थारु (बाँके) र सददस्य दिपक कुमाल (दाङ), निर्मल थापा (रुपन्देही), पुरन राकस (गुल्मी) र छाया पुनमगर (रोल्पा) निर्वाचित भएको निवर्तमान अध्यक्ष गजेन्द्र गुरुङले जानकारी दिनुभयो ।