नेपालगन्ज मेडिकल कलेजमा दाँतको विशेषज्ञ उपचार सेवा सुरु
बाँकेको कोहलपुरमा रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा डेन्टल कलेज सञ्चालनसँगै दाँतको विशेषज्ञ उपचार सेवा समेत सुरु गरिएको छ ।
जग्गाको पूर्ण भोगाधिकार गर्न नपाएको मुक्त कमैयाको गुनासो
कोहलपुरका मुक्त कमैयाहरुले हैसियतमा प्राप्त गरेको जग्गाको साम्पत्तिक अधिकार उपभोग गर्न नपाएको भन्दै कानुनी सहायताको माग गर्दै नेपालगन्जका कानुन व्यवसायी र अधिकारकर्मीहरुलाई गुहारेका छन् ।
सांसद सूर्य थापाद्वारा टेलिकमको टावर उदघाटन
प्युठानको सरुमारानी गाउँपालिका –५, सौराकोटमा नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ । नेपाल टेलिकम तुलसीपुर कार्यालय प्रमुख सन्तोष शर्मा, सरुमारानी गाउँपालिका अध्यक्ष झगबहादुर बिश्वकर्मासहितको उपस्थितिमा संघीय सांसद सूर्य थापाले सेवा शुभारम्भ भएको घोषणा गर्नुभयो ।
नेपालगन्जमा नागरिकस्तरबाट क्रियापुत्री भवन निर्माण
नेपालगन्जमा नागरिकस्तरबाट रु. एक करोड बढीको लागतमा क्रियापुत्री भवन निर्माण गरिएको छ । बढ्दो सहरीकरणका कारण घरघरमा काजक्रिया कर्म गर्न असहज हुँदै गएपछि नेपालगञ्ज उपमहानगरपालिका–४ स्थित शिव पार्वती मन्दिर अगाडि किरियापुत्री भवन निर्माण गरिएको हो ।
अध्यादेशबाट शासन चलाउन खोज्नु गलत हो : उपमहासचिव पुन
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार संसदको सामना गर्न डराएको बताउनुभएको छ ।
एमाले लुम्बिनीले सङ्गठन सुदृढीकरणका लागि तीन महिने अभियान गर्ने
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीले सङ्गठन सुदृढीकरण र विकासको नयाँ नीति बनाउँदै तीन महिने अभियान सञ्चालन गर्ने भएको छ ।
'एक घर एक धारा'को अभियानले आधारभूत तहमा खानेपानीको पहुँच सुनिश्चित
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले 'एक घर एक धारा'को अभियानले आधारभूत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताउनुभएको छ ।
‘एक घर, एक धारा अभियानले खानेपानीमा पहुँच सुनिश्चित’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर, एक धारा अभियानले उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताउनुभएको छ ।
कोहलपुर बजार
बाँके, माघ १७ गते । बाँकेको कोहलपुर नगरपालिका ११ मा अवस्थित कोहलपुर बजार र आसपास । तस्बिरः रासस
‘सम्मानित व्यक्तित्व राजनीतिमा आउनु अनुपयुक्त’
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुककै अभिभावक भइसकेका पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु उपयुक्त नहुने बताउनुभएको छ ।
विदेश पठाइदिने भन्दै ठगी
विदेश पठाउने नाममा सर्वसाधारणसँग रकम लिएर फरार हुने क्रम अझै पनि रोकिएको छैन ।
औद्योगिक क्षेत्रलाई बजेट अभाव
दाङमा औद्योगिक क्षेत्र तथा ग्राम स्थापनाको घोषणा भए पनि निर्माण हुन सकेका छैनन् ।
बार्दलीमा सजाइएका मकै
गुल्मीको मदाने गाउँपालिका वडा नम्बर–४, म्यालपोखरी फब्रेटास्थित हरिप्रसाद भट्टराईले घरको बार्दलीमा आकर्षक रूपमा झुण्डाएर राख्नुभएको मकैको झुत्ता।
बाँकेमा ६ महिनामा ५० वटा सवारी साधन चोरी
बाँके जिल्लाभरबाट चालु आर्थिक वर्षको ६ महिनामा ५० वटा सवारी साधन चोरी भएका छन्। आर्थिक वर्ष २०८१–०८२ को साउन महिनादेखि हालसम्म जिल्लामा मात्रै ५० वटा सवारी साधन चोरी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
टुक्रे योजनालाई प्रदेशबाट निरुत्साहित गर्छौंः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी बजेटदेखि टुक्रे योजनालाई निरुत्साहित गर्ने रणनीति बनाएको बताउनुभएको छ । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको नेपालगन्जमा आयोजना गरिएको चौथो पूर्ण बैठकलाई बुधबार सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले टुक्रे र साना योजनालाई निरुत्साहित गर्दै ठूला र मझौला खालका योजनाहरुमा बजेट केन्द्रित गर्ने बताउनुभएको हो ।
विकास योजनाको प्रभाव देखिँदैछ : नेता शर्मा
पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आफूहरू नेतृत्वको सरकारले गरेका कामको परिणाम अहिले देखिन थालेको बताउनुभएको छ ।
वन ऐन संशोधन गर्ने क्रममा छौं : मन्त्री शाही
वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले वन ऐन संशोधनको क्रममा रहेको बताउनुभएको छ । वनसँगै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधनको क्रममा रहेको बताउनुभएको हो ।
लौरेपालो गरेर हुर्काइएको ‘राम्चेवन’ पर्यटकीय गन्तव्य बन्दै
लौरेपालो शब्द अहिले कतै सुनिँदैन । यो शब्द सुन्दा आश्चर्यजनक लाग्छ । लौरेपालेको जीवन्त कथा जोडिएको छ, राम्चे सामुदायिक वनसँग । पाल्पाको रामपुर नगरपालिका–५ मा रहेको राम्चे सामुदायिक वनको नाम लिँदा लौरेपालोको रोचक स्मरण उपभोक्तामा ताजै छ । तर अहिले लौरेपालेको चलन यहाँ छैन ।
‘सहिदका सपना पूरा गर्न जनताको अवस्था बदल्नुपर्छ’
सहिदका सपना पूरा गर्नका लागि जनताको अवस्था बदल्ने गरी सरकारले काम गर्नुपर्ने वक्ताहरूले जोड दिनुभएका छन् ।
तानसेनमा सडक खाना महोत्सव हुने
मखन टोल टोल विकास संस्था तानसेन ४ पाल्पाले तानसेन बजारको आर्थिक चलायमान गराउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रणय दिवसका दिन खाना महोत्सव गर्न लागेको संस्थाका अध्यक्ष ज्ञानु कार्किले बताउनुभयो ।
‘एचपिभी खोप अभियानलाई प्रभावकारी बनाउनुपर्छ’
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले एचपिभी खोप अभियानलाई सफलसँगै प्रभावकारी बनाउन सरोकारवाला सबै लाग्नुपर्ने बताउनुभएको छ । स्वास्थ्य कार्यालय गुल्मीले आयोजना गरेको खोप समन्वय समितिका पदाधिकारी र सञ्चारकर्मीबिचको अन्तरक्रियामा उहाँले गुल्मीमा एचपिभी खोप अभियानलाई सफल बनाउन सबैको सहभागिता महत्त्वपूर्ण रहेको बताउनुभएको हो ।
बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को त्रिवेणीधाममा माघे औँसी स्नान गर्न हजारौँ श्रद्धालुको घुइँचो लागेको छ ।
त्रिशूली नदी तर्दै भक्तजन
नवलपरासी, माघ १६ गते । नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने देवघाटधामस्थित कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलमा मकर स्नान गर्न जानका लागि र्याफ्टिङ डुङ्गाबाट त्रिशूली नदी तर्दै भक्तजन । तस्बिरः रासस
भत्किन थाले स्मार्ट रिफ्रेस सेन्टरका संरचना
रुपन्देहीको सैनामैना नगरपालिका–९, पिपलडाँडामा निर्माण सम्पन्न नहुँदै स्मार्ट रिफ्रेस सेन्टरको संरचना भत्किन थालेको छ ।