• २६ चैत २०८१, मङ्गलबार

भालुवाङमा पुरुषको शव फेला

blog

सन्तोष दहित

दाङ, चैत २५ गते । दाङको राप्ती गाउँपालिका –१ भालुवाङस्थित राप्ती नदीमा एक पुरुषको शव फेला परेको छ । उक्त शव पूर्वी नवलपरासी निवासी अन्दाजी ५५ वर्षिय गंगाप्रसाद रिमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । 

सोमबार विहान करिब १० बजे भेटिएको शव रिमालको भएको प्रहरीले पुष्टि गरेको हो । स्थानीयहरु सोमवार दिउँसो  राप्ती नदीमा नुहान गएका वेला  मृतक पुरूषको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । 

ईलाका प्रहरी कार्यालय भालुवाङ र स्थानीयले नदीबाट शव निकालेर पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाएको प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।