• २२ असार २०८२, आइतबार

कर्णालीको चुवाखोला बेलिब्रिज प्रधानमन्त्रीबाट उद्घाटन (तस्बिरहरू)

blog

काठमाडौँ, असार २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली कोरिडोरअन्तर्गत पर्ने खार्पुनाथ गाउँपालिका–५, च्वाखोला नदीमा बेलिब्रिज उद्घाटन गर्नुभएको छ । पुलको उद्घाटनसँगै अब हुम्ला सदरमुकाम सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ ।

यस अघि हुम्ला जिल्ला मात्र राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी थियो । २६ वर्षदेखि काम भइरहे पनि अहिलेसम्म औपचारिक रूपमा राष्ट्रिय सडक सदरमुकाम सिमकोटमा जोडिएको थिएन । प्रधानमन्त्री शर्मा ओलीसँग भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल पनि हुम्ला पुग्नुभएको थियो ।