बुटवल समाचारदाता
बुटवल, चैत २६ गते । लोप हुँदै गएको लोकभजन संरक्षण गर्न एक वर्षअघि सुरु गरिएको अभियान सार्थक बनेको छ । रुपन्देहीको सैनामैना नगरपालिकाका विभिन्न मन्दिरमा नियमित शनिबारीय लोकभजन संरक्षण गर्ने उद्देश्यले एक वर्षअघि सुरु गरिएको लोकभजन सङ्कीर्तन संरक्षण अभियानले ५२ हप्ता पूरा गरेको छ ।
राष्ट्रिय लोकभजन तथा चुट्का संरक्षण प्रतिष्ठान सैनामैनाले यस क्षेत्रका मन्दिरमा प्रत्येक दिन लोकभजन सङ्कीर्तन कार्यक्रम आयोजना गर्दै आएको छ । राष्ट्रिय लोकभजन तथा चुट्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष नारायणप्रसाद खनाल लेकालीले लोप हुँदै गएको लोकभजन संरक्षणमा राष्ट्रिय लोकभजन तथा चुट्का संरक्षण प्रतिष्ठान सैनामैनाले निकै सह्रानीय काम गरेको बताउनुभयो । सोही अवसरमा नवदुर्गा भवानी मन्दिर तथा प्रस्तावित शैलपुत्री शक्तिपीठ सैनामैना मुर्गियामा २४ घण्टे अखण्ड हरिनाम सङ्कीर्तन पनि सम्पन्न भएको छ ।