‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको हो ।
कोरिडोर बनेपछि यात्रा सहज
गुल्मीकोे कालीगण्डकी गाउँपालिकाबाट सदरमुकाम तम्घास जानका लागि तीन जिल्ला पार गरेर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । पहिले कालीगण्डकीबाट
तालिमप्राप्त कुकुरद्वारा जाँच
भारतसँग सीमा जोडिएको मुख्य नाकामा तालिमप्राप्त कुकुर प्रयोग गरेर आकस्मिक जाँच अभियान सुरु गरिएको छ । कपिलवस्तुको कृष्णनगरमा पहिलो पटक तालिमप्राप्त कुकु
फोनिजमा नयाँ नेतृत्व : अध्यक्षमा चौधरी सर्वसम्मत, ४५ सदस्यीय समिति निर्वाचित
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घको संघीय समितिको आठौं महाधिवेशनबाट लक्की चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
सिकार खेल्न जाँदा गोली लागेर एक जनाको मृत्यु
कपिलवस्तुका सिकार खेल्न जाँदा गोली लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धभूमि नगरपालिका ९ गव्दहवा बस्ने वर्ष २८ को समुन्द्र गाहा मगर रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले बताउनुभयो।
फोनिज अध्यक्षमा लक्की चौधरी निर्विरोध निर्वाचित
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को अध्यक्षमा गोरखापत्र अनलाइनका निमित्त सम्पादक लक्की चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ। लुम्बिनीमा सम्पन्न फोनिजको संघीय अधिवेशनबाट चौधरी सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको हो।
बेमौसमी वर्षाले इँटा उद्योगमा ठुलो क्षति
चैत २७, २८ र २९ गते आएको हावाहुरी तथा बेमौसमी वर्षाले बाँके जिल्लामा रहेका ३० भन्दा बढी इँटा उद्योगमा तयार पारेर राखिएको साढे सात करोड रुपियाँभन्दा बढीको काँचो इँटा नष्ट भएको छ ।
अलपत्र पन्टुन पुल
कुनै समयमा बर्दिया जिल्लालाई पन्टुन पुलको जिल्ला भनेर चिनिन्थ्यो । २०५६ सालदेखि २०७० सम्म १४ वर्ष बर्दियाको राजापुर क्षेत्रलाई वारपार गराउन गेरुवा नदीमा राखिएको पन्टुन पुल अहिले व्यवस्थापन नहुँदा ११ वर्षदेखि अलपत्र परेको छ ।
पाँच दशकपछि स्वामित्व प्राप्त
बर्सौंदेखि आफ्नै भूमिमा घर बनाएर बसेका भए पनि कानुनी रूपमा स्वामित्वबाट वञ्चित कपिलवस्तुका सयौँ घरधनीले बल्ल लालपुर्जा हात पारेका छन् ।
पर्यटक घटे, कृष्णसार बढे
कृष्णसारको अवलोकनमा आउने पर्यटक घट्न थालेका छन् । स्थानीय यादव समुदाय र अन्य समुदायबाट संरक्षित उक्त क्षेत्र सरकारले २०६५ साल चैतदेखि संरक्षित क्षेत्र घोषणा
नेपालगन्जमा कानुन व्यवसायी परिषद लुम्बिनी प्रदेश सम्पर्क कार्यालय
नेपालगन्जमा नेपाल कानुन व्यवसायी परिषद लुम्बिनी प्रदेश सम्पर्क कार्यालय स्थापना भएको छ।बार भवनभित्र स्थापना गरिएको सो कार्यालयको सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले उद्घाटन गर्नुभयो।
गुल्मीमा पुग्यो पाठ्यपुस्तक
गुल्मीमा सामुदायिक तथा निजी विद्यालयका लागि पाठ्यपुस्तक पर्याप्त मात्रामा पुगेको छ। गतवर्ष जस्तै यस वर्ष जिल्लाका स्थानीय पुस्तक तथा स्टेसनरी व्यवसायीसँग पाठ्यपुस्तक सेटमा पर्याप्त उपलब्ध रहेको हो। शैक्षिकसत्रको पूर्वसन्ध्यामा नै यस जिल्लामा हालसम्म ८८ हजारभन्दा बढी पाठ्यपुस्तक सहज रुपमा आइपुगेको छ।
दुना टपरीलाई पातको जोहो
दाङ, चैत ३० गते । दाङको लमही–घोराही सडकखण्डको चौपट्टा जङ्गलबाट दुना टपरी बनाउन मालुका पात टिपेर घर फर्कदै थारू समुदायका महिलाहरू । तस्बिरः रासस
कर्णाली पुलको मर्मत सुरु
लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारमा निर्माण गरिएको चिसापानी पुलमा आगलागी भएको करिब एक वर्षपछि मर्मतसम्भार सुरु भएको छ ।
नेपाली कांग्रेस बाँकेको जिल्ला सम्मेलन तयारी पूरा
चैत ३० गते नेपालगन्जमा आयोजना गरिने नेपाली कांग्रेस, बाँकेको तेस्रो जिल्ला सम्मेलनको तयारी पुरा भएको नेपाली कांग्रेस बाँकेले जनाएको छ ।
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरू आन्दोलनमा बसिरहनुनपर्ने बताउनुभएको छ ।
समाचार कक्षलाई समावेशी बनाउनु पर्छ : अध्यक्ष लम्साल
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले समाचार कक्षहरू समावेशी हुनुपर्ने बताउनुभएको छ ।
विशिष्ट खालको समावेशी भएमात्र लोकतन्त्र सुन्दर बन्छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यको हरेक क्षेत्रमा विशिष्ट खालको समावेशी भएमात्र लोकतन्त्र सुन्दर हुने बताउनुभएको छ ।
एमाले सिध्याउँछु भन्नेहरू सफल भएनन् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरू असफल भएको जनाउँदै समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने बताउनुभएको छ ।
आदिवासीलाई १८ प्रतिशत कोटा छुट्टयाइएको छः स्वास्थ्यमन्त्री मगर
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु मगरले लुम्बिनी सरकारले आदिवासीलाई निजामतीमा १८ प्रतिशत कोटा छुट्टयाइएको बताउनुभएको छ ।
नेपालगन्जमा भ्रष्टाचारका ३७५ उजुरी
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्म भ्रष्टाचार र अनियमितताका ३७५ वटा उजुरी परेका छन् ।
पत्रकार रजकको हत्यामा निष्पक्ष छानबिन गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई बाँके महासङ्घको आग्रह
नेपाल पत्रकार महासङ्घ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको हत्याका सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गरेको छ ।
प्रधानमन्त्रीद्वारा बुटवलमा जागरणसभालाई सम्बोधन
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा आयोजित जागरणसभालाई सम्बोधन गर्नुहुँदै छ ।
प्युठानका सबै वडामा केन्द्रीय विद्युत् विस्तार
प्युठानका ९ स्थानीय तहका ६४ वटै वडामा केन्द्रीय विद्युत् प्रसारण लाइनको पहुच पुगेको छ । नौ बहिनी गाउँपालिका–१ स्याउलिबाङमा प्रसारण लाईन विस्तार भएसँगै जिल्लाका सबै वडामा राष्ट्रिय ग्रिडको विद्युत् पुगेको हो ।