रोल्पामा ८९ प्रतिशतले लगाए एचपिभी खोप
रोल्पामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप ८९ दशमलव ४३ प्रतिशतले लगाएको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । रोल्पाका सबै स्थानीय तहमा खोप अभियान सञ्चालन भइरहेको छ ।
फागुनमा रोल्पामा महोत्सव लाग्ने
रोल्पाको लिवाङमा दोस्रो औद्योगिक, घरेलु, कृषि प्रविधि तथा पर्यटन महोत्सव हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ रोल्पा र महिला उद्यमी समिति रोल्पाको संयुक्त आयोजनामा आगामी फागुन २० देखि २९ गतेसम्म सो महोत्सव हुने शुक्रबार पत्रकार सम्मलेनमार्फत बताइएको हो ।
लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको सचेतकमा श्रेष्ठ
लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलको सचेतकमा धनलक्ष्मी श्रेष्ठ नियुक्त हुनुभएको छ । शुक्रबार नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले श्रेष्ठलाई सचेतक पदमा नियुक्त गर्नुभएको हो ।
विद्यालय स्तरबाटै थारु संस्कृति जगेर्नाको प्रयास
दाङको लमही नगर पालिका १ नर्तीको सुर्य विनायक माविमा अध्यनरत छात्रा अरुणीमा चौधरी र उहाँका साथिहरु लठ्ठी नाचमा नाच्दै छन् ।
चितुवाको आक्रमणबाट महिलाको मृत्यु
बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुँदै
रुपन्देहीको सैनामैना नगरपालिकामा सर्वाधिक राशीको भलिबल प्रतियोगिता हुने भएको छ । दुधराक्ष युवा क्लब सैनामैनाको आयोजनामा दोस्रो संस्करणको रुपमा ‘दुधराक्ष कप’ क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता गर्न लागिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सुरु
रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सुरु भएको छ । शुक्रबार रुपन्देहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुराको जानकारी दिइएको हो ।
हस्तकलाका सामग्री ग्राहकको रोजाइमा
कारागारबाट उत्पादित हस्तकलाका सामग्री महोत्सवमा आउने ग्राहकको रोजाइमा परेको छ । पाल्पा कारागारका बन्दीहरुले उत्पादन गरेको सामग्रीप्रति ग्राहकको आकर्षण बढेको हो ।
फुलेको सिमल
तुलसीपुर, माघ २५ गते । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा फुलेको सिमल। तस्बिरः रासस
स्वर्गद्वारी मन्दिर परिसरमा सुरभी गौशाला
दाङ, माघ २५ गते । प्युठानको स्वर्गद्वारी नगरपालिका–२ स्थित स्वर्गद्वारी मन्दिर परिसरमा वि.सं. १९५२ मा स्वर्गद्वारी महाप्रभुले स्थापना गरेको गौशालामा संरक्षित गाई । तस्बिरः रासस
करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर नवलपुरको गैँडाकोटमा विद्युत् कर्मचारीको मृत्यु छ ।
मुस्लिम समुदायमा एचपिभी खोपप्रति आकर्षण
मुस्लिम र मधेशी समुदायको ठुलो जनसङ्ख्या रहेको बाँकेको नेपालगन्जमा यस पटक मुस्लिम समुदायका बालिका तथा किशोरीमा एचपिभी खोपप्रति विशेष उत्साह देखिएको छ ।
उज्यालो सहर बनाउने अभियान
उज्यालो बुटवल अभियान अन्तर्गत बुटवल उपमहानगरपालिकाले थप ३१ स्थानमा हाइमाक्स लाइट जडान सुरु गरेको छ ।
निर्माण भएका संरचना प्रयोगविहीन
गुल्मीमा लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण भएका संरचना प्रयोगविहीन भएका छन् ।
प्रविधिमैत्री बन्दै स्थानीय तह, हात हातमा सेवा
गाउँ गाउँमा सिंहदरबार भन्ने नारा अब नारामै मात्रै सीमित रहेन, यसको कार्यान्वयनसमेत हुन थालेको छ । खुल्ला सरकारको अवधारणा ल्याएसँगै तीन तहकै सरकारले नागरिकको हात हातमै सेवा पुर्याउन थालेका छन् ।
चित्रकार विनोदीको उपचार सहयोगार्थ चित्रकला प्रदर्शनी
अर्बुद (क्यान्सर) रोगबाट पीडित नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का गैँडाकोटका कवि तथा चित्रकार गोविन्दराज विनोदीको उपचार सहयोगार्थ चित्रकला प्रदर्शनी गरिएको छ ।
चुनारालाई डान्सिङ उपाधि
इन्टर स्कुल डान्सिङ स्टार २०८१ को उपाधि नेपालगन्जको सगरमाथा बोर्डिङ स्कुलका दिलीप चुनाराले जित्नुभएको छ ।
डेरामा बस्नेको हत्या आरोपमा युवा पक्राउ
जिल्ला प्रहरी कार्यालय पाल्पाले डेरामा बस्ने व्यक्तिको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
अनुदानमा मकैको बीउ वितरण गरिने
गुल्मीको मदाने गाउँपालिकाले कृषकलाई अनुदानमा मकैको बीउ वितरण गर्ने भएको छ ।
मेयर कपको उद्घाटनमा सेन्ट जेभियर्स र होप इन्टरनेशनलले प्रतिस्पर्धा गर्ने
मेयर कप अन्तर विद्यालय जिल्ला स्तरीय छात्र फुटबलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन नेपालगन्ज सेन्ट जेभिर्यस स्कुल र होप इन्टरनेसनल स्कुलले प्रतिस्पर्धा गर्ने भएका छन् ।
बाँकेको नौबस्ता कारागार तथा बाल सुधार गृहलाई पुस्तक हस्तान्तरण
कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले बाँकेको नौबस्तामा अवस्थित कारागार एवं बाल सुधार गृहलाई पुस्तक हस्तान्तरण गरेको छ।
पृथ्वी पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बर्दियाले पृथ्वी पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेको छ । गुलरिया नगरपालिका –७ बस्ने पत्रकार एवं समाजसेवी कमलराज पौडेलले अक्षयकोष स्थापना गर्न एक लाख एक हजार एकसय ११ रुपियाँ सहयोग गरेपछि अक्षयकोष स्थापना भएको हो ।
यसरी समाधान गर्न सकिन्छ मोही किसानको समस्या
स्वर्गद्वारी गुठीको जग्गामा बसोवास एवम् उपभोग गरिरहेका गुठीपीडित किसानले आश्रमको जग्गा आफ्नो नाममा रैकर गरिनुपर्ने र मोहियानी हक कायम गर्नुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलनमा छन् ।
प्रशासन कार्यालयको टोलीद्वारा अस्पतालको अनुगमन
यस क्षेत्रको सबैभन्दा ठुलो सरकारी अस्पतालमध्ये एक नेपालगन्जस्थित भेरी अस्पतालमा जिल्ला प्रशासन कार्यालय बाँकेको अनुगमन टोलीले अनुगमन गरेको छ ।