वनभित्र निर्माण गरिएको रानी जलाशय
दाङ, माघ २८ गते । दाङको तुलसीपुर उपमहानगरपालिका १८ स्थित रानी सामुदायिक वनभित्र निर्माण गरिएको रानी जलाशय । सिँचाइ तथा पर्यावरणका लागि बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले उक्त जलाशय निर्माण गरेको हो । तस्बिरः रासस
मस्तिष्कघातको उपचारबारे छलफल
मस्तिष्कघात (स्ट्रोक) सम्बन्धी हाल आएको आधुनिक चिकित्सा ज्ञान आदानप्रदान गर्ने उद्देश्यले नेपालगन्जमा वरिष्ठ न्युरो सर्जनहरू भेला भएका छन् ।
पैदलयात्रीको सहारा झोलुङ्गे पुल
वर्षायामको समयमा खोला तर्नभन्दा पनि लामो पैदलयात्राको दुरी कम गर्न झोलुङ्गे पुल स्थानीयका लागि सहारा बनेको छ ।
घोराही–तुलसीपुर सडक चार लेनको हुने
दाङको घोराही–तुलसीपुर सडकखण्ड चार लेनको बनाउने भनेर ठेक्का लाग्ने भएको छ । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले स्थलगत अध्ययन गरी लागत अनुमानको फाइल तयार गरेर ठेक्का लगाउने तयारी गरेको छ ।
प्रहरी बनेर ठगी गर्ने दुई जना पक्राउ
कपिलवस्तुमा प्रहरीको सिआईडी हुँ भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बाणगंगा नगरपालिका वडा नं.२ पिपराका ३२ वर्षीय ऋषिराम घिमिरे र वडा नं. २ कप्टैयाका ३२ वर्षीय जीवन थापा रहको प्रहरीले जनाएको छ ।
सत्तरी हजार चल्ला उत्पादन
चल्ला उत्पादन गरेर पश्चिम नेपालभर वितरण गर्ने उद्देश्यसाथ बाँकेको खजुरामा सरकारले स्थापना गरेको कुखुरा विकास फार्मले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म ७० हजार चल्ला उत्पादन गरेको जनाएको छ ।
अवैध सुन र एक लाख बढी नगदसहित एक पक्राउ
दाङमा प्रहरीले अवैध सुन र नगदसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले उपमहानगरपालिका –१५ ट्राफिक चोकबाट घोराही उपमहानगरपालिका –१४ मिलनचोक निवासी २५ वर्षीय रञ्जित रसाइलीलाई अवैध सुन र नगदसहित पक्राउ गरेको हो ।
कोहलपुरको अतिक्रमित जग्गा फिर्ता ल्याउने प्रधानमन्त्रीको दृढता
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँकेको कोहलपुर नगरपालिका–११ स्थित क्रिकेट मैदान आसपास कोहलपुर नगर विकास समितिको करिब २८ बिघा अतिक्रमित जमिनबारे ध्यानाकर्षण गराइएको छ ।
बरघर, भलमन्सा संघको अध्यक्षमा पुनः डिल्ली चौधरी
मटावाँ, बरघर, भलमन्सा संघको केन्द्रीय अध्यक्षमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । दंगीशरण गाउँपालिका –३, चखौरास्थित थारु संग्रहालय परिसरमा माघ २६ र २७ गते भएको संघको अधिवेशनबाट चौधरी पुनः अध्यक्षमा चयन हुनुभएको हो ।
ट्रकको ठक्करबाट एकको मृत्यु
तुलसीपुरको हात्तीखौवा चोकनजिक ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतक तुलसीपुर उपमहानगरपालिका ७ का ५६ वर्षिय जंगबहादुर चौधरी रहेको प्रहरीले जनाएको छ ।
रूपन्देहीको सैनामैनामा राष्ट्रियस्तरको फुटबल हुँदै
रूपन्देहीको सैनामैना नगरपालिका–४ स्थित मुर्गियामा प्रथम सुनगाभा सैनामैना गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ ।
बाँकेमा ९५ हेक्टरमा हिउँदे मकै खेती
बाँकेका किसानहरू पछिल्लो समय हिउँदे मकै खेतीतर्फ आकर्षित हुन थालेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
नेपाल-भारत सीमामा संयुक्त सुरक्षा गस्ती
कपिलवस्तुको नेपाल–भारत सीमामा संयुक्त सुरक्षा गस्ती गरिएको छ ।
बम विस्फोट हुँदा बालक घाइते
मल्लरानी गाउँपालिका वडा नम्बर ३ धरमपानीमा सुतली बम विस्फोट हुँदा एक जना बालक घाइते भएका छन् ।
‘लोकतन्त्रको रक्षा गर्न बरघर प्रथालाई कानुनी मान्यता देऊ’
मटावाँ (बरघर–भलमन्सा), ककन्डर्वाहरूले लोकतन्त्रको रक्षा गर्न बरघर (मटावाँ) प्रथालाई कानुनी मान्यता दिन माग गरेका छन् ।
पक्की पुल बनेपछि यात्रा सहज
प्युठानका गाउँगाउँका सडकलाई अहिले पक्की पुलले जोडेको छ । ६४ वटा वडा रहेको प्युठानका धेरै सडकमा पर्ने नदीमा पक्की पुल बनेपछि गाउँमा बाह्रै महिना गाडी चल्ने भएका छन् ।
नरैनापुर अध्यक्ष कप तथा रनिङ शिल्डको उपाधि महेन्द्र माविलाई
बाँकेको नरैनापुर गाउँपालिकाको आयोजनामा भएको छैठौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय मटेहिया प्रथम भएको छ ।
उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कार
रामपुरमा कृषि तथा पशुपंक्षी प्रदर्शनी उत्कृष्ट कृषकलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।
विश्वशान्तिका लागि त्रिपिटक वाचन
गुरुङडाँडा व्यवस्थापन समिति बुटवलको आयोजनामा विश्वशान्तिको कामना गर्दै काङ्ग्युर (त्रिपिटक) पाठवाचन अनुष्ठान शुभारम्भ भएको छ ।
भाषणले देश बन्दैन : नेता भण्डारी
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले भाषणले देश नबन्ने बताउनुभएको छ । तम्घासमा नेपाली कांग्रेस रेसुङ्गा नगर कार्यसमितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले सो कुरा बताउनुभएको हो ।
मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ
इलाका प्रहरी कार्यालय बुटवलले लामो समयदेखि मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई पक्राउ गरेको छ ।
जनताको काम सकेर कृषिमा
यहाँका एक वडाध्यक्ष जनताको सेवाका साथै कृषि पेसामा रमाउँदै आउनुभएको छ ।
३४ हजारको आँखा उपचार
नेपाल नेत्रज्योति संघ जिल्ला शाखा गुल्मीले वार्षिक करिब ३४ हजार नागरिकको आँखा उपचार र पाँच सयभन्दा बढीको शल्यक्रिया गरेको छ।
सहिद उमेशचन्द्र थापाको योगदानको सम्झना
नेकपा (एमाले)का केन्द्रीय पोलिटब्युरो सदस्य नरुलाल चौधरीले जनतालाई सार्वभौम बनाउन सहिद उमेशचन्द्र थापाको योगदान अतुलनीय रहेको बताउनुभएको छ।