• ८ वैशाख २०८२, सोमबार

रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता

blog

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा बेपत्ता बालकको खोजी गर्दै सशस्त्र प्रहरी । तस्बिर : सशस्त्र प्रहरी

रूपन्देही, वैशाख ८ गते । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा तीन जना बालक बेपत्ता भएका छन् ।

सोमबार दिउँसो नदीमा बेपत्ता बालकहरूको खोजीकार्यका लागि सशस्त्र प्रहरी खटिएको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

बेपत्ता भएकाहरूमा सोही ठाउँ बस्ने १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन छन् । उनीहरु सो नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो करिब १२ः३०  बजे बेपत्ता भएको बताइएको छ । 

घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा विपद् व्यवस्थातालिम प्राप्त सुरक्षा फौज घटनास्थल पुगेर उनीहरूको खोजीकार्यमा परिचालन भएको छ ।