१. दोस्रो नेपाल प्रिमियर लिगको उपाधि विजेता टोली कुन हो ?
लुम्बिनी लायन्स (उपविजेता : सुदूरपश्चिम रोयल्स)
– दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराएर लुम्बिनी लायन्सले उपाधि जितेको ।
– जितका लागि पाएको मात्र ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाएर प्राप्त गरेको । योसँगै लुम्बिनी एनपिएलको नयाँ विजेता बनेको । पहिलो संस्करणमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि चुमेको थियो ।

२. संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इराकमा संयुक्त राष्ट्रसङ्घको राजनीतिक मिसन अन्त्य भएको घोषणा कहिले गरेका हुन् ?
सन् २०२५ डिसेम्बर १३
– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले डिसेम्बर १३ मा इराकस्थित संयुक्त राष्ट्रसङ्घको राजनीतिक मिसनको अन्त्य भएको औपचारिक घोषणा गरेका । यो मिसनले अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि देशको सङ्क्रमणकालमा सहयोग गरेको थियो ।
– बगदादको अनुरोधमा ‘युनाइटेड नेसन्स असिस्टेन्स मिसन फर इराक’ ले २२ वर्षपछि आफ्नो मिसन बन्द गर्ने भएको ।
३. सरकारले मौरिसससँग दोहोरो कर मुक्ति सम्झौता खारेज गर्ने निर्णय कहिले गरेको हो ?
विसं २०८२ कार्तिक १२ (सन् २०२५ अक्टोबर २९)
– सरकारले विसं २०८२ मङ्सिर २४ (सन् २०२५ डिसेम्बर १०) का दिन मौरिससलाई यससम्बन्धी औपचारिक पत्र पठाएको ।
– लागु हुने मिति : विसं २०८३ साउन १
– सम्झौता भएको मिति : सन् १९९९ अगस्ट ३
४. विश्व भोकमरी सुचाङ्क (ग्लोबल हङ्गर इन्डेक्स जिएचआई), २०२५ मा नेपाल कति औँ स्थानमा रहेको छ ?
७२ औँ
– नेपाल सन् २०२४ मा १२३ राष्ट्रमध्ये ६८ औँ स्थानमा थियो भने यसपालि चार स्थान खस्किएर ७२ औँ स्थानमा झरेको ।
५. सरकारले तर्जुमा गरेको खाद्य प्रणाली रूपान्तरणको पाँचबर्से रणनीतिक योजनाको अवधि कुन हो ?
आव २०८१/८२ – २०८६/८७
६. आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार नेपालमा प्रतिव्यक्ति रुख सङ्ख्या कति रहेको छ ?
१११ (प्रतिव्यक्ति वन क्षेत्र : ०.२ हेक्टर)
७. अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस कहिले मनाइन्छ ?
डिसेम्बर ५
– सन् २०२५ को नारा : एभ्री कन्ट्रिब्युसन म्याटर्स (हरेक योगदान महत्वपूर्ण हुन्छ ।)
– स्वयंसेवकको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहसम्म प्रवर्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ देखि मनाउन थालिएको ।
८. डा. अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड, २०२५ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
सन्तोष परियार
– पुरस्कार राशि : भारु १५ लाख
– प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्का सदस्य सन्तोष परियार सो अवार्डबाट सम्मानित भएका ।
– उक्त पुरस्कार भारतको संविधान निर्माता
तथा दलित आन्दोलनका नेता बाबासाहेब डा. भीमराव अम्बेडकरको नाममा स्थापित डा. अम्बेडकर फाउन्डेसनले प्रदान गर्छ ।
– फाउन्डेसनले सामाजिक न्याय र सशक्तीकरणको क्षेत्रमा काम गर्ने व्यक्तिलाई हरेक वर्ष यो प्रतिष्ठित अवार्ड प्रदान गर्दै आएको छ ।
९. सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा कसलाई नियुक्त चयन ग¥यो ?
डा. प्रकाशकुमार श्रेष्ठ
– विसं २०८२ मङ्सिर २९ मा बसेको मन्त्रीपरिषद् बैठकले श्रेष्ठलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको ।
– त्यस्तै सरकारले आयोगको सदस्यमा सुनिता श्रेष्ठ हाडालाई नियुक्त गरेको ।
१०. सरकारले १०० भन्दा ठुला दरका भारु नोट नेपालमा चलनचल्तीमा ल्याउने निर्णय कहिले गरेको हो ?
विसं २०८२ मङ्सिर २९
– सरकारले सन् २०१६ नोभेम्बर ९ यता निष्कासन भएका दुई सय तथा पाँच सय दरका भारतीय नोट राख्न र ओसारपसार फुकुवा गरेको ।
– २०८२ मङ्सिर २९ को मन्त्रीपरिषद् बैठकले नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारु २५ हजारसम्म भारतबाट नेपाल भिœयाउन र नेपालबाट भारत लैजान सक्ने व्यवस्था गरेको ।
– सन् २०१६ मा भारतले पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि सय भारु भन्दामाथिका नोट नेपालमा चल्दैन थियो ।
– भारत सरकारले दुई साताअघि नेपाल र भुटानमा प्रतिव्यक्ति २५ हजारसम्म एक सयभन्दा ठुला दरका भारतीय नोट ल्याउन र लैजान अनुमति दिएको ।
– यसकै आधारमा नेपाल सरकारले पनि ती दरका नोट नेपालमा चल्न दिने निर्णय गरेको तर सन् २०१६ नोभेम्बर ९ अगाडिका नोट भने चल्ने छैनन् ।
११. नेपाल सरकारद्वारा उपहारस्वरूप कतारलाई प्रदान गरिने दुई हात्ती कुन–कुन हुन् ?
रुद्रकली र खगेन्द्रप्रसाद
– सौराहाको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मेहुर्केका रुद्रकली र खगेन्द्रप्रसादलाई कतार पठाउन लागिएको ।
– कतार जाने हात्तीसँग एक जना पशु चिकित्सक र दुई जना माहुते पनि जाने छन् ।
– कतार पुगेपछि त्यहाँको वातावरणमा सहज घुलमिल गराउन र अन्य कामका लागि तीन जनालाई कतार पठाउन लागिएको हो ।
– गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट विशेष चार्टर कार्गो विमानमार्फत हात्ती कतार पठाइने भएको । कतारको चिडियाखानामा राख्नका लागि यी हात्ती पठाउन लागिएको ।
– यसअघि नेपालले चीन सरकारलाई उपहारस्वरूप दुई गैँडा दिएको । दुई देशबिचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महìव अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन वन्यजन्तु उपहार दिइने गरिएको ।
१२. एसियाली विकास बैङ्क (एडिबी) ले सार्वजनिक (सन् २०२५ डिसेम्बर) गरेको ‘एसियन वाटर डेभलपमेन्ट आउटलुक २०२५’ अनुुसार नेपालका कति प्रतिशत घरपरिवारमा पाइप वा सुरक्षित माध्यमबाट पानीको पहुँच पुगेको छ ?
९४ प्रतिशत
१३. नेपालमा राष्ट्रिय झन्डा दिवस कहिले मनाउने गरिन्छ ?
पुस १
– विसं २०८२ पुस १ गते ८ औँ राष्ट्रिय झन्डा दिवस मनाइएको ।
– विसं २०७५ देखि मनाउन थालिएको ।
– सन् १९६२ डिसेम्बर १६ अर्थात् विसं २०१९ पुस १ गतेको दिन संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झन्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झन्डा दिवस मनाउन थालिएको ।
१४. नेपालले बायो डाइभर्सिटी बियोन्ड नेसनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा कहिले हस्ताक्षर गरेको हो ?
विसं २०८० असोज ३ (सन् २०२३ सेप्टेम्बर २०)
१५. हाल उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को सदस्य राष्ट्र कति रहेका छन् ?
३२
– ३२ औँ सदस्य राष्ट्र : स्विडेन
– स्विडेन सदस्य बनेको मिति : सन् २०२४ मार्च ७
१६. समुद्र सतह (न्यूयोर्क) देखि सगरमाथाको आरोहण यात्रा सुरु गरी सबैभन्दा कम समयमा सफल आरोहण गरेर कीर्तिमान कायम गर्ने आरोही को हुन् ?
एन्ड्रयु उशाकोभ
– एन्ड्रयु उशाकोभले समुद्र सतहदेखि सगरमाथाको शिखरसम्मको आरोहण सबैभन्दा छोटो समय (तीन दिन २३ घण्टा सात मिनेट) मा पूरा गरी इतिहास रच्न सफल भएका ।
– उशाकोभले आफ्नो चुनौती सन् २०२५ मे १५ बिहान १२ः३० बजे न्यूयोर्कको समुद्र सतहबाट सुरु गरेका थिए । त्यसपछि उनी काठमाडौँ हुँदै सगरमाथा आधार शिविर पुगेर मे १९ बिहान ९ः२२ (नेपाली समय) बजे सगरमाथाको चुचुरो चुम्न सफल भएका ।
१७. हिमालयन रिम चलचित्र प्रदर्शनी कहिलेबाट सुरु भएको हो ?
विसं २०८२ मङ्सिर २८ (सन् २०२५ डिसेम्बर १४)
१८. कोशी प्रदेश सरकारले कुन वर्षलाई प्रदेश पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको हो ?
विसं २०८२
१९. विश्व माटो दिवस कहिले मनाइन्छ ?
डिसेम्बर ५
– सन् २०२५ को नारा : स्वस्थ माटोका लागि स्वस्थ सहर ।
– स्वस्थ माटोको महत्वप्रति ध्यानाकर्षण गराउने र माटोको दिगो व्यवस्थापनका लागि जनचेतना बढाउने उद्देश्यसहित हरेक वर्ष डिसेम्बर ५ मा विश्व माटो दिवस मनाउने गरिएको ।
– सन् २०१३ जुनमा राष्ट्रसङ्घले विश्व माटो दिवस मनाउने घोषणा गरेको ।
प्रस्तुतकर्ता : टङ्क केसी