• २ पुस २०८२, बुधबार

खोलामा डुबेर एक युवाको मृत्यु

blog

गोरखाको सिरानचोक गाउँपालिका – ७ साठीमुरे स्थित लाङदी खोलामा शव बरामद भएको क्षेत्रा। तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय गोरखा

गुणबहादुर रोका 

सुलीकोट, पुस २ गते।  गोरखामा खोलामा डुबेर एक जना युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा बारपाक सुलीकोट गाउँपालिका– ५ आरुखर्क स्थायी घर भएर हाल सिरानचोक गाउँपालिका – ७ अर्कुलमा डेरा गरी बस्ने ३२ वर्षीय दलबहादुर बराम भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। 

उहाँका अनुसार बुधबार दिउँसो २ बजे एक्लै गोरखाको सिरानचोक गाउँपालिका– ७ साठीमुरेस्थित लाङदी खोलामा ढडिया थापी माछा मार्ने क्रममा चिप्लिएर पानीमा डुबेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको उहाँले बताउनुभयो। 

लाङदी खोलामा स्थानीयले डुबेको अवस्थामा बरामको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।  खबर आए लगत्तै जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोली बेलुका घट्नास्थल पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक श्रेष्ठको भनाइ छ। 

अहिले उक्त घट्नाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।