मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
दाङको अम्बिकेश्वरी मन्दिर
घोराही उपमहानगरपालिका १८ मा अवस्थित प्रख्यात अम्बिकेश्वरी मन्दिर। क्षत्र शैलीमा निर्मित यो देवीको मन्दिरलाई एक प्रसिद्ध शक्तिपीठको रूपमा लिइन्छ। यो उत्तराभिमुख भएको दुई तले पित्तलको गजुर भएको यस मन्दिरको बिचमा करिब १ मिटर उचाइमा चौका रूपको अग्लो स्थानमा अम्बिकेश्वरीको प्रतीक स्वरूपको कानको आकारको गहिरो प्वाल रहेको छ।
नेपाल–भारत चिकित्सक कार्यशाला : उपचारमा सहकार्य गर्ने सहमति
नेपाल र भारतका वरिष्ठ विशेषज्ञ चिकित्सकबिच नेपाली बिरामीको उपचारमा सहयोग, सहकार्य र समन्वय गर्ने सहमति भएको छ । भारतको प्रसिद्ध म्याक्स अस्पताल र बाँकेका वरिष्ठ चिकित्सकको सहभागितामा नेपालगन्जमा आयोजना गरिएको कार्यशालामा दुवै देशका चिकित्सकबिच सो सहमति बनेको हो ।
शिक्षक पाउनै मुस्किल
पाल्पाको ग्रामीण क्षेत्रका विद्यालयमा महत्वपूर्ण विषयको पठनपाठन प्रभावित हुने गरेको छ । विज्ञान, गणित र अङ्ग्रेजी शिक्षक व्यवस्थापन गर्न नसक्दा पठनपाठन प्रभावित बनेको हो । यी विषयको शिक्षकका लागि पटक पटक विज्ञापन गरिए पनि शिक्षक अभावले दरखास्त नपरेको विद्यालयले गुनासो गरेका छन् ।
सञ्चालनमा नआउँदै उद्योग जीर्ण
जिल्लाको सन्धिखर्क नगरपालिका–७ मा मह उद्योग स्थापना भए पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन । आर्थिक वर्ष २०६३/६४ को बजेट वक्तव्यमार्फत सरकारले घोषणा गरेको ‘एक जिल्ला एक उत्पादन कार्यक्रम’ अन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७, सानागाउँमा रहेको अर्घाखाँची मह उद्योग प्रालि आठ वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसक्दा भवन पूर्ण रूपमा जीर्ण बन्दै गएको छ । अर्घाखाँचीमा मह उद्योग सञ्चालनका लागि कृषि मन्त्रालय, उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको कृषि उद्यम केन्द्रको आर्थिक सहयोगमा एक करोड पाँच लाखको लगानीमा भवन उपकरण खरिद गरे पनि सञ्चालनमा नआउँदै उद्योग जीर्ण अवस्थामा पुगेको हो । मह उत्पादनका लागि कम्पनीको संरचना बनाउन बजेट छुट्याए पनि अहिलेसम्म भवन मात्रै छ ।
विकास निर्माणको काम गुणस्तरहीन गर्नेलाई छाड्दैनौ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास निर्माणको गुणस्तर कायम सरोकारवाललाई निर्देशन दिनुभयो।
गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु
बर्दियामा गैंडाको आक्रमणमा परी एक जना वरिष्ठ नेचर गाइडको मृत्यु भएको छ । मध्यवर्ती क्षेत्रनजिक रहेको एक सामुदायिक वनमा विदेशीलाई घुमाउन लगेको बेलामा गैंडाले आक्रमण गर्दा शुक्रबार बिहान एक जना नेचर गाइडको मृत्यु भएको हो ।
सारु कान्छाबाट एक सय सर्पको उद्धार
रुपन्देहीका सर्प उद्धारकर्ता चेतबहादुर सारु (सारु कान्छा) ले जेठदेखि भदौसम्मको करिब चार महिनाको अवधिमा एक सयभन्दा बढी सर्पको उद्धार गर्नुभएको छ । रुपन्देहीमा गर्मी सुरु भएसँगै सर्पको बिगबिगी पनि बढ्ने भएकाले सारु कान्छाले घरभित्र पसेका सर्पको उद्धार गरी जङ्गलमा छोड्दै आउनुभएको छ । सारु कान्छाले विगतभन्दा यो वर्ष धेरै सर्पको उद्धार गरिसकेको बताउनुभयो । असोज महिनामा सबैभन्दा बढी सर्पको बिगबिगी हुने भएकाले अझै सचेत बन्नुपर्ने उहाँको भनाइ छ ।
कान्ति ताल सारसको प्रजनन स्थल
नेपालगन्जमा रहेको कान्ति ताल विश्वमै दुर्लभ मानिने चरा सारसको प्रजनन गर्ने ठाउँ बनेको छ । कान्ति तालमा ३२ प्रजातिका चरा देखिएको र सो ठाउँ विश्वको दुर्लभ चरा सारसको प्रजनन गर्ने ठाउँसमेत रहेकाले उक्त तालको संरक्षण आवश्यक भएको चराविज्ञको भनाइ छ ।
पाँच वर्षसम्म सडक अलपत्र
निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण गढवा–कालाकाटे हुलाकी सडक अलपत्र परेको छ । दाङको देउखुरीमा रहेको गढवा–कालाकाटे हुलाकी सडक अन्तर्गत गढवा बजारदेखि वनघुर्सीसम्मको करिब २० किलोमिटर सडक तीन वर्षभित्र निर्माण गर्ने गरी २०७६ कात्तिक २९ गते ६५ करोडभन्दा बढीमा ठेक्का सम्झौता भएको थियो ।
तिजको खरिदारी पनि भारतीय बजारमा निर्भर
हरेक वर्ष झैँ यस पटक पनि चाडपर्व नजिकिएसँगै सीमापारि रुपैडिहा बजारमा किनमेल गर्ने नेपाली उपभोक्ताको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । महान् चाड दसैँतिहार नजिकिँदै गरेका बेला अहिले परेको महिलाको महान् पर्व हरितालिका तिजमा पनि नेपालगन्ज बजारमा खासै चहलपहल देखिएको छैन तर खरिदारीका लागि सीमापारि जानेको भिड नाकामा अत्यधिक देखिन्छ ।
पिपरा अस्पतालमा १२ वर्षपछि अप्रेसन सेवा
कपिलवस्तुको पिपरा अस्पतालमा पहिलो पटक अप्रेसन सेवा सञ्चालन भएको छ । २०६९ सालमा प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालमा स्तरोन्नति भएपछि मेजर अप्रेसन सेवा सञ्चालनमा ल्याइएको हो ।
बाँकेमा मानव बेचबिखनविरुद्ध ४७ मुद्दा
पश्चिम नेपालका विभिन्न पहाडी र तराईका जिल्लाको प्रमुख नाकाको रुपमा रहेको नेपालगन्जस्थित जमुनाहा नाका मानव बेचबिखनका लागि अति नै जोखिमपूर्ण मानिन्छ।
‘पहिले होइन भन्यो, पछि ट्रंकलाइनकै बिल पठायो’
विद्युत प्राधिकरण आफैले ट्रंकलाइन होइन भनेको रुपन्देहीका १३ उद्योगलाई ट्रंकलाइन बापतकै बिल पठाएको छ । बुटवल–भैरहवा औद्योगिक कोरिडोरका १३ उद्योगलाई प्राधिकरणले आन्तरिक लोड व्यवस्थापनका लागि भन्दै भरवलिया सबस्टेशनमा लगेको थियो ।
एचआइभी सङ्क्रमणबाट बच्न 'पेप' सेवा सुरु
एचआइभी सङ्क्रमणबाट बच्न पाल्पामा पहिलो पटक 'पेप' सेवा सुरु भएको छ ।
नेताका कारण युवामा निराशा छायो : कांग्रेस नेता भण्डारी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले नेताहरुका कारण युवामा निराशा छाएको बताउनुभयो ।
खुला तीज नृत्य प्रतियोगिताको उपाधि मनीषा परियारलाई
हरितालिका तीजको अवसरमा नेपालगन्जमा आयोजित खुला एकल तीज नृत्य प्रतियोगिताको उपाधि मनीषा परियारले हात पार्नु भएको छ ।
खानेपानी आयोजना सात वर्षसम्म अधुरै
खानेपानीको समस्या समाधान गर्न सात वर्षअघि सुरु गरिएको राप्ती खानेपानी आयोजना अझै सञ्चालन हुन सकेको छैन । आर्थिक वर्ष २०७४/७५ बाट सो आयोजना निर्माणको काम अगाडि बढाइए पनि अझैसम्म नेपालगन्जवासीले आयोजनाको पानी उपभोग गर्न पाएका छैनन् । खानेपानी संस्थान नेपालगन्जका प्रमुख हरिकुमार श्रेष्ठले अहिलेसम्म पहिलो चरणको काम सकेर दोस्रो चरणको काम सुरु गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार बाँकेको डुडुवा गाउँपालिका–५, कम्दीस्थित राप्ती नदीबाट दैनिक दुई करोड ५० लाख लिटर पानी उत्पादन गर्ने लक्ष्यसहित खानेपानी संस्थानले उक्त आयोजनाको निर्माण सुरु गरेको थियो ।
प्रशासनिक भवन निर्माणले गति लिँदै
लुम्बिनी प्रदेशको राजधानीका प्रशासनिक भवन निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । २०७९ फागुन ३ गते शिलान्यास गरिएको लुम्बिनी प्रदेशको प्रशासनिक भवन निर्धारित समयभन्दाअघि नै प्रदेश सरकारलाई भवन हस्तान्तरण गर्ने गरी निर्माण व्यवसायीले कामलाई गति दिएका छन् । अबको एक वर्षभित्र प्रदेश सरकारलाई भवन हस्तान्तरण गर्ने गरी निर्माणको काम भइरहेको छ ।
सञ्चालन भएन अस्पताल भवन
दाङको बबई गाउँपालिका–३, हंसपुरमा १५ शय्याको आधारभूत अस्पताल तयार भएको छ । जनतालाई पालिकामै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने गरी करिब १२ करोड रुपियाँको लागतमा गत आर्थिक वर्षमा तयार भएको भवन सञ्चालन हुन सकेको छैन । अस्पताल सञ्चालनका लागि जनशक्ति र उपकरण व्यवस्थापन गर्न नसक्दा अस्पताल सञ्चालन हुन सकेको छैन । अस्पताल सञ्चालन नहुँदा अस्पतालका लागि निर्माण भएको भवनबाट अहिले स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको छ । बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीले अस्पताल सञ्चालनका लागि जनशक्ति र उपकरण व्यवस्थापन गर्र्न नसक्दा अस्पतालको भवन तयार भए पनि आधारभूत अस्पताल सञ्चालन गर्न नसकेको बताउनुभयो ।
शिक्षा सुधारका लागि प्रधानाध्यापकको घुम्ती बैठक
गुल्मीको पश्चिमी ग्रामीण भेग अग्लुङ्गमा शिक्षामा सुधारसँगै गुणस्तर वृद्धिका लागि प्रधानाध्यापकको घुम्ती बैठक सञ्चालन गरिएको छ । मदाने गाउँपालिका–१, अग्लुङ्गभित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न वडा शिक्षा समितिले घुम्ती बैठक सञ्चालन गरेको हो । यसै शैक्षिकसत्रदेखि प्रत्येक महिना वडाभित्रका सबै विद्यालयका प्रधानाध्यापकको बैठक प्रत्येक महिना यहाँका फरक फरक विद्यालयमा वडाध्यक्षसमेतको उपस्थितिमा हुने गरेको छ । अग्लुङ्ग माध्यमिक विद्यालयका प्रधानाध्यापक भविलाल खत्रीले हालसम्म तीन वटा विद्यालयमा प्रधानाध्यापकको घुम्ती बैठक भइसकेको बताउनुभयो ।
धान खेत मासेर केरा खेती
दाङको राप्ती गाउँपालिका–७ निवासी रणप्रसाद सुवेदीले छ बिघा जमिनमा व्यावसायिक केरा खेती गर्दै आउनुभएको छ । अन्य कृषि बालीको तुलनामा कम मेहनतमै राम्रो आम्दानी लिन सकिने भएकाले विगत तीन वर्षदेखि व्यावसायिक केराखेतीमा जोडिनुभएको हो । केरा खेतीका लागि उपयुक्त वातावरणसँगै बजारको पनि समस्या नदेखिएकाले धान खेती हुने जमिन मासेर केरा खेतीमा लागेको उहाँले बताउनुभयो । थोरै लगानीमा पनि एक्लै गर्न सकिने र रोपेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएकाले केरा खेतीमा लागेको उहाँले बताउनुभयो । सुवेदी जस्तै राप्ती गाउँपालिका–७, सिसहनिया निवासी विद्याबहादुर चौधरीले विगत चार वर्षदेखि केरा खेती गर्दै आउनुभएको छ । तीन बिघा जग्गा भाडामा लिएर व्यावसायिक केरा खेतीमा लाग्नुभएका चौधरीले वार्षिक १३/१४ लाख बराबरको केरा बिक्री गर्दै आउनुभएको छ ।
पेट्रोलियम भण्डारणगृहको निर्माण तीव्र
रुपन्देहीमा पेट्रोलियम भण्डारणगृह निर्माणका लागि तीव्र गतिमा काम अगाडि बढेको छ । भण्डारणगृह निर्माणका लागि सुरुमा जग्गा व्यवस्थापनको काम अगाडि बढाइएको हो । ओमसतिया र रोहिणी गाउँपालिकाको सिमानामा पर्ने रोहिणी नदी किनारमा भण्डारण गृह बन्ने छ । जसका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।
रुघाखोकी, टाइफाइड र पखालाका बिरामी बढे
वर्षाको मौसममा अत्यधिक गर्मी समेत भएकोले बाँकेका विभिन्न अस्पतालमा भाइरल ज्वरो, रुघाखोकी, टाइफाइड र पखालाका बिरामीको संख्या बढ्दै गएको छ।