धवलशमशेर जबरालाई प्रश्न- सांसदको जिम्मेवारी के रहेछ ?
नेपालगञ्ज नगरका पूर्व नगर प्रमुख, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवम् बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर जबराले सडक र पूर्वाधार विकासमा नेपालगञ्ज नगर काठमाडौँभन्दा राम्रो रहेको बताउनुभएको छ।
दसैँको आगमनसँगै बढ्यो मूर्तिकारको व्यस्तता
दसैँ आउन महिना दिन बाँकी छँदै नेपालगञ्ज उपमहानगरपालिका–८ निवासी मूर्तिकार छोटु केवटलाई दुर्गाभवानीका मूर्ति बनाउन भ्याइनभ्याइ छ ।
मानव वन्यजन्तु द्वन्द्व रोक्न तारजाली, चार सय घरधुरी लाभान्वित
मानव वन्यजन्तु बिचको द्वन्द्व रोक्न तथा वन्यजन्तुबाट स्थानीयका अन्नबाली जोगाउनका लागि गरिएको तारजालीले बाँकेका विभिन्न सामुदायिक वन उपभोक्ता समूहअन्तर्गतका चार सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।
गिद्ध संरक्षणमा नेपाल उत्कृष्ट
संसारभर गिद्धका २३ प्रजाति छन् । तीमध्ये नेपालमा हाडफोर, सेतो, डङ्गर, सानो खैरो, खैरो, हिमाली, राज, सुन र लामो ठुँडे गरी नौ प्रजातिका गिद्ध पाइन्छ ।
बाह्र जिल्ला,एक निरीक्षक
सङ्घीयता कार्यान्वयनमा आएको सात वर्ष पुग्दासम्म लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालयको वातावरण शाखामा जम्मा एकजना मात्रै वातावरण निरीक्षकले काम चलाउँदै आएका छन् ।
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासद्वारा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जले उपचारमा लापर्बाही गरेको ठहर गर्दै मृतकका परिवारलाई २६ लाख १० हजार रुपियाँ क्षतिपूर्ति दिलाउने बाँके जिल्ला अदालतले गरेको फैसला सदर गरेको छ ।
खोलाले बगाएर एक जनाको मृत्यु
पाल्पामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–४, गिजनचउरका ५३ वर्षीय शेरबहादुर चौहान रहनुभएको छ ।
जुँगे महादेवको मन्दिर निर्माणको समय आधा मात्र काम
नेपालगन्जको धार्मिक पर्यटन प्रवर्द्धन गर्न जुङ्गे महादेव मन्दिरको स्तरोन्नति गर्ने कार्यको समय अवधि सकिए पनि निर्माण कार्य आधा पनि पूरा भएको छैन।
संघीय निजामती सेवा ऐन तत्काल ल्याउन माग
नेपाल निजामती कर्मचारी युनियन गुल्मीले संघीय निजामती सेवा ऐन तत्काल ल्याउन माग गरेको छ ।
वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण
ऐरावती गाउँपालिकामा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ ।
वडा सदस्य नेपाली पदमुक्त
गुल्मीको छत्रकोट गाउँपालिकाकी एक दलित महिला सदस्य पदमुक्त हुनुभएको छ । यस गाउँपालिकाको वडा नम्बर ५, खज्र्याङको वडा सदस्यमा नेपाली कांग्रेसबाट निर्वाचित दलित महिला सदस्य उर्मिला आचार्य नेपाली पदमुक्त हुनुभएको हो । कांग्रेसबाट २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित नेपाली नेकपा (एमाले) मा प्रवेश गरेसँगै नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीले पार्टी परित्याग गरेको जानकारी केन्द्रीय कार्यसमितिलाई गराएको सभापति खिलध्वज पन्थीले बताउनुभयो ।
स्थानीय सेवा गठनसम्बन्धी विधेयक पेस
लुम्बिनी प्रदेश सभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदनसहितको विधेयक पेस भएको छ । बुधबार बसेको लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २९ औँ बैठकमा प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदनसहितको विधेयक सभामा पेस गर्नुभएको हो ।
श्रमदानबाट बन्यो ‘कल्भर्ट’
यसअघिको वर्षात्ले तुलसीपुर उपमहानगरपालिका–४ स्थित सिर्सेखोलामा बनाइएको कल्भर्ट बगायो । कल्भर्ट बगाउँदा आवतजावतमा निकै समस्या भयो । त्यही बाटो विद्यार्थी हिँड्नुपर्ने हुँदा विद्यार्थीलाई निकै जोखिम थियो ।
भियतनाममा हुने सौन्दर्य प्रतियोगितामा नेपालगन्जका दुईजना सहभागी हुँदै
आगामी असोज १३ गतेदेखि १७ गतेसम्म भियतनाममा हुन गइरहेको किंग एण्ड क्वीन इन्टरनेशनल सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै नेपालगन्जबाट दुई प्रतियोगी भियतनाम प्रस्थान गरेका छन्।
झण्डै दुई करोड भ्रष्टाचार आरोपमा इन्जिनियरविरुद्ध मुद्दा
लुम्बिनी विकास कोषमा तत्कालीन योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध एक करोड ८५ लाख रुपियाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ।
पार्टीमा युवा नेताको सक्रियता बढ्दै : नेता भण्डारी
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीमा युवा नेताहरूको सक्रियता बढ्दै गएको बताउनुभएको छ । बिहीबार नेपाली कांग्रेस रेसुङ्गा नगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले युवा नेताहरूको सक्रियता बढ्दा पार्टी सशक्त बन्दै जाने बताउनुभएको हो ।
बिरामी उपचारमा अस्पतालको लापरबाही, क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासद्वारा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जले उपचारमा लापरबाही गरेको ठहर गर्दै मृतक परिवारलाई २६ लाख १० हजार रुपियाँ क्षतिपूर्ति दिलाउने बाँके जिल्ला अदालतले गरेको फैसला सदर गरेको छ ।
पाँच सयभन्दा बढीको निःशुल्क आँखा परीक्षण, ७८ जनामा मोतीबिन्दु
नेपालगन्जको फुल्टेक्रास्थित फत्ते बाल आँखा अस्पतालले नेपालगन्ज उपमहानगरपालिकाका सबै वडाहरूका आँखा बिरामीहरूलाई लक्षित गरेर निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
मोहीसँगको सहमति कार्यान्वयन
विगतमा सरकारसँग भएको सहमति कार्यान्वयनको माग गर्दै स्वर्गद्वारी गुठीका मोही किसानले घोराहीमा प्रदर्शन गरेका छन् । सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न माग गर्दै बुधबार घोराहीमा विरोध प्रदर्शन गरेका मोही किसानले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन् ।
दूरबिन विधिद्वारा ब्रेन ट्युमरको जटिल शल्यक्रिया
पश्चिमका तीन प्रदेशका बिरामीले राम्रो स्वास्थ्य उपचार पाउने प्रमुख हब बन्दै गएको नेपालगन्जमा पहिलो पटक नाकको प्वालमार्फत दूरबिन विधिद्वारा पिट्युटरी ब्रेन ट्युमरको शल्यक्रिया गरिएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक जटिल खालको पिट्युटरी ब्रेन ट्युमरको अत्याधुनिक प्रविधिको प्रयोग गरी नाकको प्वालमा दूरबिन छिराएर शल्यक्रिया गरिएको हो । अस्पतालमा न्युरो सर्जन डा. सुबोध गौतम आएपछि अहिले न्युरोसम्बन्धी जटिल रोगको उपचारसमेत हुन थालेको अस्पतालले जनाएको छ ।
साईपुरको धानखेत फाँट
दाङ, भदौ २७ गते । दाङको घोराही उपमहानगरपालिका- १२ स्थित साईपुरको धानखेतको फाँट, घोराही–रक्षाचौर सडकखण्ड र आसपासको दृश्य । तस्बिरः रासस
जापानबाट फर्केर च्याउ खेतीमा कमला
गुल्मीमा च्याउ खेती गर्नेमा रेसुङ्गा नगरपालिका–८ की कमला भलामीको नाम अग्रणी स्थानमा आउँछ । करिब तीन वर्ष जापान बस्नुभयो । कमाइ राम्रै थियो तर बचत भइरहेको थिएन । त्यसपछि उहाँ सन् २०११ मा गाउँ फर्केर अलि अलि बचत भएको रकमले आफ्नै उद्योग सुरु गर्नुभयो । घरमा गाईभैँसी, बाख्रा, बङ्गुरका साथै कुरिलो खेती पनि सुरु गर्नुभयो । अहिले गाईभैँसी र बङ्गुर सबै हटाएर च्याउ खेतीमा ध्यान दिनुभएको छ । दुई वर्षदेखि श्रीमान् रमेश भलामी पनि घरमै हुनुहुन्छ । दुवै जनाको प्रयासले व्यवसाय फस्टाएको छ ।
असोज १३ देखि सफा र सुकिलो नोट साट्न पाइने
नेपाल राष्ट्र बैंकले यस पटकको दसैँलाई लक्षितगरी सर्वसाधारणका लागि आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ ।
लुम्बिनीको कालीदह नाकामा एकीकृत जाँच बिन्दु सञ्चालनमा
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित कालीदह नाकामा सवारीसहित नेपाल भित्रिने पर्यटक लक्षित एकीकृत जाँच बिन्दु सञ्चालनमा ल्याइएको छ ।