बालअधिकार अभियान्ता भुवन ऋभूलाई संस्था वर्ल्ड जुरिस्ट सम्मान पदक
न्यायिक अभियान्ताहरूको वैश्विक संस्था वर्ल्ड जुरिस्ट एसोसिएसन (डब्ल्यूजेए) ले बालअधिकारका विश्व अभियान्ता संस्थापक भुवन ऋभूलाई सम्मान पदक अर्थात ‘मेडल अफ अनर’ प्रदान गरेको छ । ऋभु तथा जस्ट राईट्स फर चिल्ड्रेनका संस्थापकसमेत हुनुहुन्छ ।
रूपन्देहीको तिलोत्तमा ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा
रूपन्देहीको तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा भएको छ । मानवसेवा आश्रमको मिसन २०८२ अभियान अन्तर्गत यो पहिलो ऐतिहासिक घोषणा हो ।
नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध
नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा पानी परेका कारण सडक अवरुद्ध भएको छ । चार लेनमा विस्तार भइरहेको सडकमा आज बिहान परेको पानीले चिप्लो भएपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
विद्यार्थीको पोसाक भारतमा किन्न पठाएमा कारबाही गरिने
बाँकेका निजी विद्यालयहरूले सेटिङ मिलाएर विद्यार्थीको पोसाक समेत सीमापारी भारतको रुपैडिहाबाट खरिद गर्न लगाउने गरेको गुनासो आएपछि त्यस्तो गर्नेलाई कडा कारबाही गर्ने चेतावनी प्रमुख जिल्ला अधिकारीले दिनुभएको छ ।
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप
घर वरपरका बगैँचा, आँगनका छेउमा लहरै राखिएका मौरीका घार छन् । बिहान उज्यालो भएदेखि साँझ अबेरसम्म घार वरिपरि नै बस्न मन पराउने जयनारायण न्यौपाने अहिले भने घार देख्दा विक्षिप्त हुनुहुन्छ ।
नेपालका गैँडा भारततर्फ
भारतको कतरनियाघाट वन्यजन्तु आरक्षमा पुगेका बर्दिया राष्ट्रिय निकुञ्ज गैँडा पाँच महिना बितिसक्दा समेत फर्किएका छैनन् । आहारा र उचित वासस्थानको खोजीमा भारत पुगेको गैँडा नफर्किँदा बर्दियामा गैँडाको सङ्ख्या घटेको छ ।
सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
आर्थिक सहयोग जुटाएर तुलसीपुर उपमहानगरपालिका–४ स्थित एकाघरका चार दृष्टिविहीनलाई आवास निर्माण बनाउन थालिएको छ । तुलसीपुरका व्यवसायी यज्ञबहादुर केसीको संयोजकत्वमा निर्माण समिति गठन गरी सोमबारदेखि आवास निर्माण थालिएको हो ।
वासस्थान अभावले गैँडा पुगे भारत
भारतको कतरनियाघाट वन्यजन्तु आरक्षमा पुगेका बर्दिया राष्ट्रिय निकुञ्जका गैँडा पाँच महिना बितिसक्दासमेत फर्केका छैनन् । आहारा र उचित वासस्थानका खोजीमा भारत पुगेका गैँडा नफर्किंदा बर्दियामा गैँडाको सङ्ख्या घटेको छ ।
शिक्षकलाई बिदाइ
गुल्मीको एक पालिकाले आफूले नियुक्त गरेका ३३ जना शिक्षकलाई बिदाइ गरेको छ ।
नौ वर्षमा पनि बनेन आठ किलोमिटर सडक
बुटवलको बेलबासदेखि भैरहवा–लुम्बिनी सडकखण्डको बेथरी जोड्ने २१ किलोमिटर सडक निर्माणको काम सुरु भएको नौ वर्ष भइसक्यो तर यो सडक अझै पूरा भएको छैन ।
कला संस्कृति संरक्षणमा मगर भाषा
मगर समुदायको कला संस्कृति संरक्षण गर्न बुटवलमा सञ्चालन भएको एकमहिने मगर भाषा तालिमले महत्वपूर्ण सहयोग पुग्ने तालिमका सहभागीले बताएका छन् ।
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
दाङ, वैशाख २३ गते । घोराही उपमहानगरपालिका–६ का मिकसर चौधरीले २२ कट्ठा जमिनमा बर्सिम घाँसखेती गर्नुभएको छ । उहाँले दुई वटा दुहुना भैँसी र आठ वटा भेँडा पाल्नुभएको छ । कात्तिकदेखि वैशाखसम्म हरियो घाँस काटेर भैँसी र भेँडालाई खुवाउने र बीउ बिक्री पनि गरिरहेको उहाँले बताउनुभयो । गत वर्ष रु दुई लाखको घाँसको बीउ बिक्री गरेको चौधरीले जानकारी दिनुभयो । यस वर्ष पनि प्रशस्त दाना लागेको भन्दै गत वर्षभन्दा बढी आम्दानी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । “बर्सिम घाँस खेतमा छर्न थालेपछि हिउँदको समयमा घाँस खोज्न जान परेको छैन, समयको बचत भएको छ । हरियो हुँदा घाँस खुवाउन पनि पाइने र त्यसको दानालाई बीउका रूपमा बिक्री हुन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार दाङका किसानले घाँसको बीउ बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गर्न थालेका छन् ।घोराही–६ का प्रेम चौधरीले तीन वटा भैँसी, एउटा गाई र छ वटा बाख्रा पाल्नुभएको छ । उहाँले भन्नुभयो, “१९ कट्ठा खेतमा बर्सिम घाँस छरेको छु, वस्तुभाउलाई घाँस खुवाउन सहज भएसँगै पशुपालन सजिलो भएको छ । हिउँदमा हरियो घाँस खाएर भैँसीले दूध पनि बढाएका छन् ।”घरमा बीउ उत्पादन गरेर बर्सेनि घाँसखेती गर्ने गरिरहेको भन्दै प्रेमले घाँसका लागि पशुपालक किसानको घाँसखेतीमा आकर्षण बढेको जानकारी दिनुभयो । “वर्षात्को समयमा लगाएको धान काट्नुभन्दा अगाडि मसुरो छरे जस्तै गरेर यो घाँसको बीउ छर्ने गरिन्छ । घाँस उम्रँदा धान काटिसकेको हुनुपर्छ, कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन्”, उहाँले भन्नुभयो । गत वर्ष रु ९० हजारको घाँसको बिउ बिक्री गरेको जनाउँदै प्रेमले यस वर्ष रु एक लाखभन्दा बढीमा बिक्री हुने अनुमान गरेको बताउनुभयो । घोराही–५, ६, ७, ८ र १७ का कृषकले १५ कट्ठादेखि २५ कट्ठासम्ममा घाँसखेती गरेका घाँस बीउ उत्पादक सङ्घले जनाएको छ । अन्य बालीभन्दा धेरै फाइदा हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको सङ्घका सचिव विमल अधिकारीले जानकारी दिनुभयो । घोराही–६ को गुरुवागाउँ, गुरगै, जजरागाउँ, बेरुवागाउँ, बेरगै, फचकपुर र अघरा तथा घोराही–१७ को कर्जाही र गैरागाउँका किसानले विगत १० वर्षदेखि बर्सिम घाँसखेती गरिरहेका उहाँले जानकारी दिनुभयो । “यसलाई ‘ग्रिनगोल्ड’का नामले पनि चिनिन्छ । यो खेती गर्ने किसानलाई दोहोरोतेहोरो फाइदा हुन्छ । हरियोमा घाँस खुवाउन पाइने, सुकेको डाँठ पनि खुवाउन पाइने र दाना पनि बिक्री गरेर नगद आम्दानी गर्न पाइने भएपछि दाङका सबैजसो पालिकाका किसानले यो घाँसखेती गर्न थालेका छन्”, अधिकारीले भन्नुभयो । गत वर्ष घाँसको दाना बिक्री गरेर किसानले रु दुई लाख ९० हजारदेखि रु तीन लाखसम्म आम्दानी गरेका छन् । यो घाँस खाएका पशुले दूध उत्पादन बढाउने गरेकाले अत्यन्तै लाभकारी भएको अधिकारीले बताउनुभयो ।
मनमोहक गुलमोहर फूल
कोहलपुर नगरपालिका –११ दश विघास्थित सडक किनारमा ढकमक्क फुलेको गुलमोहरको फूल । मनमोहक रुपमा रातै फुलेको गुलमोहर फूलले सहरको सौन्दर्य बढाएको छ ।
२१ किलो अफिमसहित दुई पक्राउ
बर्दियामा २१ किलो ५६७ ग्राम अफिमसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नलगाड नगरपालिका–७ जाजरकोट बस्ने ३७ वर्षिय भक्तबहादुर शाही र राप्ती नगरपालिका –११ आरापानी चितवन बस्ने २७ वर्षिय कुमार वाईबा रहेका छन् ।
संविधानको पूर्णरूपमा कार्यान्वयन गरौं : मन्त्री कार्की
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले पछिल्लो समय देशमा राजावादीले गरेको आन्दोलनले उपलब्धी नदिने बताउनुभएको छ। सोमबार गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकामा १५ शय्याको आधारभूत स्वास्थ्य अस्पतालको उद्घाटन गर्नुहुँदै उहाँले वर्तमान संविधानले सबैको अधिकार समावेश गरेको भन्दै अब राजावदीको आन्दोलनले नेपाली जनतालाई उपलब्धी नदिने बताउनुभयो।
लुम्बिनीमा पोषण सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविका परिचालनको रणनीति
लुम्बिनी प्रदेश सरकारले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पोषण सुधारका लागि समेत सक्रिय रूपमा परिचालन गर्ने रणनीति तयार गर्ने भएको छ ।
हत्या गरेर फरार अभियुक्त २३ वर्षपछि पक्राउ
कपिलवस्तु प्रहरीले २३ वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवराज नगरपालिका वडा नं. ०६ निवासी ६१ वर्षीय सुकई पासी रहेका छन् ।
मदनभण्डारी राजमार्ग : डेढ अर्बको गुल्मी पश्चिम सडक अलपत्र
गुल्मीमा मदन भण्डारी राजमार्गअन्तर्गत दुई खण्डमा काम भइरहेको छ । पहिलो रिडी–तम्घास खण्डमा रुरु र छत्रकोट क्षेत्रमा कालोपत्रेको काम अगाडि बढेको छ । तर एकै वर्ष सम्झौता गरेको सिमलटारी–मच्छी खण्डको काम भने अलपत्र परिरहेको छ ।
गुल्मीदरबारमा कपडा बैँक स्थापना
गुल्मीदरबार गाउँपालिका कपडा बैँक स्थापना गरिएको छ। सोमबार लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले सो कपडा बैँकको उद्घाटन गर्नुभएको हो।
पोषण सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिने
लुम्बिनी प्रदेश सरकारले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पोषण सुधारका लागि समेत सक्रिय रूपमा परिचालन गर्ने रणनीति तयार गर्ने भएको छ ।
घरेलु मैदानमा पुर्व कप्तान निरुले पाएको सम्मान
राष्ट्रिय टोलीको कप्तानी गर्नु थप अर्को इतिहास बन्ने गर्छ । नेपाली महिला फुटबलमा त्यस्तै इतिहास बनाउने खेलाडी हुनुहुन्छ, निरु थापा । नेपाली महिला फुटबल टिमकी पुर्व कप्तान निरुका लागि गएको साता विशेष रहयो ।
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
रोल्पामा ट्याक्टर दुर्घटना हुँदा चालककोे घटनास्थलमै मृत्यु भएको छ ।
गुल्मीमा आधारभूत अस्पतालको शुभारम्भ
गुल्मीको गुल्मीदरबार गाउँपालिकाले जिल्लामै पहिलो पटक पन्ध्र शय्याको अस्पताल औपचारीक रूपमा सञ्चालनमा ल्याएको छ। सोमबार लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले एक कार्यक्रमकाबीच अस्पतालको उद्घाटन गर्नुभएको हो ।
अवैध कपडासहित ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा
किराना सामानभित्र लुकाई छिपाई लैजाँदै गरेको १८ पोका लत्ताकपडासहितको ट्रक सशस्त्र प्रहरीले पाल्पाबाट नियन्त्रणमा लिएको छ ।